ठगीको आरोपमा तीन पक्राउ

0
Shares

भद्रपुर, (नेस)।
सिर्जनशील समाज नेपाल नामक संस्थाले ‘लक्ष्य मुस्कान’ कार्यक्रममार्फत झापा, मोरङ र सुनसरीका महिलालाई संगठितरूपमा प्रशिक्षण प्रदान गरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
झापाका ३२ महिलालाई बिर्तामोडमा प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमस्थलबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले मोरङ घर बताउने राजु कर्माकार, शीतल पोखरेल र कानुनी सल्लाहकार बुद्धकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको डीएसपी मोहन थापाले जानकारी दिनुभयो।
तेस्रो तालिम लिइरहेको समयमा शंका लागेर सोधपुछ गर्दा जवाफ नपाएपछि प्रहरीलाई खबर गरेका थिए।सो संस्थाले महिलालाई अभिकर्ताका रूपमा नियुक्ति दिएर विभिन्न चरणमा सहजीकरण गर्दै आएको पीडित रूपवती राजवंशीले जानकारी दिनुभयो।
उहाँका अनुसार महिलाहरूलाई गाउँगाउँमा गएर एउटा फारम भर्न दिइएको छ। अभिकर्ता बनेपछि अनिवार्य २ हजार फारम भराउनुपर्ने र फारममा सबै विवरण भर्नुपर्ने उल्लेख छ। पीडित महिलाका अनुसार फर्म भरेको १ सय प्रतिफर्म दिने संस्थाका प्रतिनिधिले कबोल गरेका थिए।
झापा, मोरङ र सुनसरीमा १ सय ४ जना महिलालाई अभिकर्ता बनाएको सिर्जनशील समाज नेपालले सबै महिलालाई २/२ हजार फर्म भर्न निर्देशन दिएको थियो। त्यसरी फर्म भर्दा लक्ष्य मुस्कान कार्यक्रमको जम्मा सदस्य २ लाख ८ हजार पुर्याउने देखिन्छ।
सबैलाई सदस्यता दिएर परिवारको निःशुल्क उपचार गर्ने भन्दै फारम भराइएको बताइएको छ। २ लाख ८ हजार सदस्यसँग २ हजारका दरले वार्षिकरूपमा उठाउँदा ४१ करोड ६० लाख संकलन हुन्छ। संस्थाले ३ वर्षको कार्यक्रम भन्दै हरेक वर्ष यो रकम उठाउने योजना बनाएको देखिन्छ।
यसरी तीन वर्षसम्म उठाउँदा १ अर्ब २४ करोड ८० लाख उठ्ने देखिन्छ। नियन्त्रणमा लिइएका तिनै व्यक्तिले सरकारभन्दा आफ्नो संस्था बलियो भएको दाबी गरेका थिए। जीआईसी बीमा कम्पनीमा समेत २० करोड लगानी गरेको बताइएको उनीहरूले जानकारी दिए।
३२ जना महिलालाई सो संस्थाले दुईपटक पारिश्रमिकको सन्दर्भमा सम्झौता गरेको थियो। सप्तकोशी जब सेन्टरमार्फत मासिक १५ हजार त्यसमध्ये जब सेन्टरलाई ४ हजार दिनुपर्ने उल्लेख छ।
दोस्रो पटक तिनै युवाले ८ हजार मासिक तलब भन्दै सम्झैता गरेको थापाको भनाइ छ। ठगी भइरहेको बुझेपछि महिलाहरूले इप्रका अनारमनीमा उजुरी दिएका छन्। उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले आधिकारिक कागजात खोजी गर्दा नभेटिएको डीएसपी थापाले बताउनुभयो।