न्वागी महोत्सव हुने

0
Shares

पाल्पा, (नेस)।
किसानले धान भित्र्याएको खुसीयालीमा मनाउने पर्वका रूपमा लिइने न्वागीलाई यसपटक जिल्लाका दुई गाउँपालिकाले महोत्सवका रूपमा मनाउने भएका छन्। तिनाउ गाउँपालिका–२, झ्याङ्ला र रैनादेवी छहरा–३, भुवनपोखरीमा न्वागी महोत्सव हुने भएको छ।
आगामी मंसिर ५ गते दोभानको झ्याङ्लामा न्वागी महोत्सव गर्ने तयारी भइरहेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो। रैनादेवी छहराको भुवनपोखरीमा मंसिर ९ र १० गते विशेष मेला गर्ने तयारी गरिएको छ।
यस्तै रैनादेवी छहरा–३, भुवनपोखरीको रैनादेवी मन्दिरमा न्वागी महोत्सव हुन लागेको हो। न्वागी महोत्सवमा नयाँ धान भिœयाएपछि नयाँ चामल देवीको मन्दिरमा चढाएर खाने प्रचलन हो।
नयाँ चालम पहिले देवीको घरमा चढाउने र त्यसपछि त्यहाँका स्थानीय बासिन्दाले नयाँ चामल, दही र केरा मिसाएर न्वागी खाने प्रचलन रहेको रैनादेवी छहरा–३, का वडाध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयो। स्थानीय सरकार र मन्दिर व्यवस्थापन समितिले न्वागी खानका लागि तयारी गरेको बताएका छन्।