पशुपन्छीको तथ्यांक संकलन गर्दै दार्मा

0
Shares

सल्यान, (नेस)।
दार्मा गाउँपालिका सल्यानले गाउँपालिकामा पशुपन्छीहरूको तथ्यांक संकलन सुरु गरेको छ। गाउँपालिकाको पशु सेवा शाखाले ६ वटै वडाका घरघरमा पुगेर पशुपन्छीको तथ्यांक लिन लागेको शाखा प्रमुख हस्तराम खड्काले जानकारी दिनुभयो।
१५ दिनभित्रै गाउँपालिका सम्पूर्ण पशुपन्छीको तथ्यांक लिइसकिने गरी गणक खटाइएको शाखा प्रमुख खड्काले बताउनुभयो। वडाबाट आएको तथ्यांकलाई एकीकृत गरेर गाउँपालिकाको विस्तृत विवरण तयार गरिने उहाँले बताउनुभयो। प
शु पालनको अवस्था, गाई, भैंसी, बाख्रा, कुखुरा, कुकुर, खरायो आदि पशुपन्छीको स्थानीय तथा उन्नतजात सबै खुल्ने गरी फाराम वितरण गरेको छ। किसानहरूले प्रयोग गर्ने दाना, घाँस आदि आहाराको विवरण, खोरको अवस्था, पशुजन्य उत्पादनबाट हुने आम्दानीसहितको विवरण आउने गरी फाराम तयार गरेको छ।
फारामबाटै गाउँपालिकाभित्र रहेका पशु प्राविधिकको विवरणसमेत आउने गरी फाराम तयार गरिएको शाखा प्रमुख खड्काले बताउनुभयो। पशुपन्छीलाई व्यावसायिकरूपमा पाल्न र जनतालाई आर्थिक उपार्जनमा सहयोग पुग्ने गरी योजना बनाएर कार्यान्वयन गर्नका लागि तथ्यांकको आवश्यकता खड्किएको उहाँको भनाइ थियो।