शिविरमा ७० जनाको स्वास्थ्य परीक्षण

0
Shares

पोखरा, (नेस)।
नेपाल अर्बुद रोग निवारण संघ कास्कीको आयोजना नेपाल परिवार संघ कास्कीको प्राविधिक सहयोगमा तनहँुमा महिलाहरूको पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शनिबार भिमाद नगरपालिका–२ टेक्रेभञ्ज्याङमा सञ्चालित शिविरमा ७० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको नेपाल अर्बुद रोग निवारण संघ कास्कीका अध्यक्ष रामचन्द्र थापाले जानकारी दिनुभएको छ। स्वास्थ्य शिविरमा ५ जना महिलामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएको अन्य जाँच गरेका धेरैजसोको स्वास्थ्य समस्या सामान्य रहेको पाइएको छ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा प्रशिक्षक एवं नेपाल अर्बुद रोग निवारण संस्थाका सचिव नारायण पराजुलीले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउँदै सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताउनुभयो। बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ।