स्काभेटर मर्मतका क्रममा एकको मृत्यु

0
Shares

पर्वत, (नेस)।
पर्वतको बिहादी गाउँपालिकामा पुल निर्माणका लागि प्रयोग भएको स्काभेटर मर्मतका क्रममा चोट लाग्दा एक जनाको मृत्यु भएको छ।पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकोे इमिचौरमा स्काभेटर मर्मत गर्दा सोही स्काइभेटरका सहचालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा प्युठान जिल्लाको मक्षी भन्ने ठाउँ बस्ने २३ वर्षीय महेन्द्र जिसी रहेका छन। शनिबार बेलुका छ बजे बिग्रेको स्काभेटर मर्मतको क्रममा जिसीको छातीमा गम्भीर चोट लागेको र पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा शनिबार राती ११ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ।