तीनवटा मेडिकल कलेजमा छापा

0
Shares

काठमाडौं, (नेस)।
चिकित्सा शिक्षाका विद्यार्थीलाई ठगी गर्ने तीनवटा मेडिकल कलेजमा अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणका विषयमा आइतबार छापा मारेको छ।
विभागको टोलीले वीरगन्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारेको हो।
विभागले राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र अन्य विभिन्न प्रतिवेदनका आधारमा कलेजमाथि छापा मारेको बुझिएको छ। विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीसँग पनि आवश्यक कागजपत्र संकलन गर्ने भएको छ।
सरकारले शुल्कभन्दा लाखौंलाख शुल्क बढी लिएर यतिबेला विद्यार्थी भर्ना सरकारले तोकेको शुल्कमा लिँदैनौं भन्दै विद्यार्थीकोटा भने बढाउँदै तीनवटै कलेज बसेको बुझिएको छ।
विद्यार्थीहरूले शुल्क फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय, चिकित्सा शास्त्र अध्ययन संस्थानलगायतलाई गुहारिसकेका छन्।
सरकारले शुल्क फिर्ताका लागि अल्टिमेटम दिँदा समेत मेडिकल कलेज सञ्चालकहरू शिक्षा तथा विज्ञान मन्त्री नै फेर्छौं तर शुल्क कुनै हालतमा फिर्ता गर्दैनौं भन्दै अडान लिँदै आएका छन्।
सरकारलाई अटेर गरेकै कारण विभागले आइतबार एकैपटक छापा मारेको हो। यतिबेला बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालहरूलाई लक्षित गर्दै मान्छेको रगत चुस्ने लामखुट्टेको संज्ञा दिनुभएको छ।