महिला हुत्याउने चालक जेल चलान

0
Shares

बैतडी, (नेस)। 
जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको छ। डोजर चालक किशोर बोहरालाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिइएको हो।
आइतबार जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले जानकारी दिनुभयो।
यस्तै चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयहरू भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ।
गएको कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको थियो। सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो।
आफूहरूको जमिनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजरले महिलालाई हुत्याएको थियो। डोजरले हुत्याउने चालक किशोर बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो।