नर्सिङ परिषद्को लाइसेन्स परीक्षाको नतिजा मध्यम

0
Shares

भगवती तिमल्सिना, काठमाडौं।

नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको २३ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) को नतिजा उत्साहजनक नभएको सरोकारवालाहरूले बताएका छ न्।
प्रत्येक ४ महिनामा लिइने उक्त परीक्षामा ५२ दशमलब १२ प्रतिशत विद्यार्थी उर्तिण भएको नेपाल नर्सिङ परिषदले जनाएको छ।

परीक्षामा १ हजार ६ सय ८ विद्यार्थी सहभागी भएकामा भने ८ सय ७१ जना मात्र उर्तिण भएका छन्। तीमध्ये ३० जना विद्यार्थी अनुपस्थित रहेका थिए। गत असारमा भएको २२ औँ नाम दर्ता परीक्षामा ६५ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए। परिपद्द्वारा वर्षको तीनपटक लाइसेन्स परीक्षा लिइने परिषदका अध्यक्ष तारा पोखरेलले बताउनुभयो।

विभिन्न परीक्षामा पास/फेलको संख्या यताउता भइरहने बताउँदै उहाँले भन्नुभयो– फ्रेस बिद्यार्थी धेरै उत्र्तिण हुन्छन्। चैत्रको परिक्षामा फ्रेस विद्यार्थी सामेल हुँदा राम्रो परिणाम आएको थियो। यद्यपि अनुउर्तीण भएका विद्यार्थीले नतिजा आएको ३५ दिनभित्र पुनर्योगको लागि दर्ता प्रमाणपत्र निवेदन दिनसक्ने परिषद्ले जनाएको छ।

यसपटकको परीक्षा दोस्रो हो, बाँकी परीक्षा आगामी चैतमा हुनेछ। परिषद्मा आइतबारको मितिसम्म दर्ता भएका नर्स ५६ हजार ४ सय ५, एएनएम ३३ हजार ५ सय ६८ र बिदेशी नर्स ८ सय ४४ गरी कुल ९० हजार ८ सय १७ रहेकोमा १६ हजार २ सय २० नर्स र ७ हजार ७ सय ३० एएनएम गरी कुल २३ हजार ९ सय ५० जनाले नविकरण गरेका छन्।स्मरणीय छ, नेपाल नर्सिङ परिषद विक्रम संवत् २०५३ सालमा स्थापना भएको हो।