आठौं कर दिवस मनाइयो


कविराज नेपाल, पाल्पा ।

आठौं कर दिवस पाल्पामा पनि मनाइएको छ । कर दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

आन्तरिक राजस्व तथा करदाता सेवा कार्यालयको आयोजनामा आईतबारदेखि प्रभातफेरी कार्यक्रम गरी साता व्यापीरुपमा कर सचेतनामूलक कार्यक्रम शुरु भएको हो ।

मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको दिवसको यसपालिको नारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ तय गरिएको छ ।

कर सम्बन्धी विभिन्न सचेतनामूलक प्ले कार्डहरु लिई नगर परिक्रम गरिएको थियो । दिवसको अवसरमा पाल्पा र गुल्मीमा साता व्यापी कार्यक्रमहरुको आयोजना गरी दिवस मनाईने करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सागर पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, उद्योगी व्यवसायी, निजामती कर्मचारी, करदाताहरुको उपस्थिती रहेको थियो ।