धान उत्पादनमा कमि, किसान चिन्तित


कविराज नेपाल, पाल्पा ।

मंसीर महिनालाई किसाले वर्षभरी गरेको मेहनत उठाउने खुशीको महिनाका रुपमा लिइन्छ तर पाल्पाका किसान यो वर्ष खुशी भने छैनन ।

जिल्लामा प्रमुख खाद्यान्न बाली धानको उत्पादन यो वर्ष घटने अनुमान गरिएको छ । किसानहरुले धान खेतीका लागि समयमा मलको अभाव किराको प्रकोप र धानको बाला लाग्नुपर्नेमा अधिकाश बालामा कालो पोके र फौजी कीराको प्रकोप समयमा वर्षा नहुनु जस्ता कारणलेवर्ष घटने अनुमान गरिएको हो ।

धान उत्पादनको लागी राम्रो क्षेत्र मानिएको पाल्पा जिल्लामा पनि धानको उत्पादन घटने भएपछि किसान चिन्तित छन ।

जिल्लामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा वर्षे धान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यसबाट वार्षिक रुपमा ३३ हजार मेट्रिक टन धान उत्पादन हुने बताइएको छ ।

जिल्लाको रामपुरफाँट, हुँगी फाँट, माडिफाँट, अर्गलीफाँट, दोभान लगायतका क्षेत्रमा धान उत्पादनको लागी राम्रो मानिन्छ ।

यसवर्ष धान उत्पादनका लागी जिल्लाको मुख्य क्षेत्र मानिएका रामपुरफाँट, हुँगी फाँट, माडिफाँट, अर्गलीफाँट, दोभान क्षेत्रबाट धानको उत्पादन राम्रो नभएको कृषि प्राबिधिकहरुले बताएका छन् ।

जिल्लाका यी क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि धान उत्पादन हुने गर्दछ । जिल्लामा उत्पादन भएको धानले यहाँका जनतालाई बाह्रैं महिना खान पुग्ने अबस्था कमै रहेकोले छिमेकी जिल्ला रुपन्देहीबाट धान निर्यात हुने गर्दछ ।

जिल्लाको प्रमुख अन्न भण्डारको रुपमा चिनिएका यी फाँटमा धान राम्रोसँग नफल्दा किसानहरु चिन्तित भएका हुन् । यस वर्ष गत वर्षको तुलनामा धान आधा पनि फलेको छैन ।

जताततै रोग लागेको छ, लागेको वाला समेत हलुका रहेको तानसेन नगरपालिका वडा १४ का किसान स्थानेश्वर गेैरेले वताउनु भयो ।

धान राम्रोसँग नफल्दा काट्ने जागर समेत नलागेको त्यहीका किसान विष्णु पाण्डले बताउनु भयो । पाल्पा जिल्ला पहाडी क्षेत्र भएको कारणले गर्दा पनि थोरै समथरभूमि र धेरै डाडाँकाडा भूभाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा गर्ने गरिन्छ । तर जति क्षेत्रमा धान खेती गरिन्छ उत्पादन पनि राम्रै हुने गर्दछ ।

कृषि ज्ञान केन्द्र पाल्पाले पनि धानको उत्पादन ८ प्रतिशत सम्म घट्ने जनाएको छ । मनसुनपछि भएको, समयमा कृषकले मल नपाएको, फौजी किराको प्रकोप तथा धानमा बाल कम लागेका कारण धान उत्पादन घटेको ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताउनु भयो ।