समाचारपत्रकर्मी नेपालसहित ४ पत्रकारलाई सम्मान

0
Shares

न्युज अफ नेपाल,सिन्धुपाल्चोक ।

नेपाल समाचारपत्र दैनिकका संवाददाता नानीराम नेपालसहित जिल्लाका ४ पत्रकार सम्मानित भएका छन् ।

शनिवार सुनकोसी गाउँपालिका ६ स्थित आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ ओं साधारणसभाका अवसरमा सम्मान गरेको हो ।

सञ्चारकर्ममा रहेर सहकारी क्षेत्रको विकासमा कलम चलाएबापत समाचारपत्रकर्मी नानीराम नेपाल, राजधानी दैनिकका संवाददाता एवम पत्रकार महासंघ जिल्ला शाखाका सचिव दिनेश थापा, नेपाल टेलिभिजनका जिल्ला संवाददाता नेत्रप्रसाद पौड्याल र गोरखापत्र दैनिकका संवाददाता चित्रकुमार मिजारलाई सम्मान गरिएको हो ।

भूमी व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।