स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

0
Shares

रोल्पा । 

रोल्पा थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ । झाँक्रीले शनिबार उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिनुभएको हो ।

झाँक्रीको उम्मेदवारी फिर्तासँगै अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा नेकपाको तर्फबाट जनक बुढामगर र काङ्ग्रेसको तर्फबाट कलम रोकाले उम्मेदवारी दिनुभएको छ ।

गएको स्थानीय तह निर्वाचनमा झाँक्रीले सोही वडाबाट स्वतन्त्र उम्मेदवार बनी सदस्य पदमा निर्वाचित हुनुभएको थियो । झाँक्रीले सोमबार सो पदबाट राजीनामा दिइ अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । गाउँपालिका अध्यक्षलाई दिएको राजीनामा स्वीकृत गराई अध्यक्ष पदमा उम्मेदवार बन्नुभएका झाँक्रीले शनिबार एकाएक उम्मेदवारी फिर्ता लिएपछि विभिन्न कोणबाट चर्चा–परिचर्चा सुनिन थालेको छ ।

सहमतिको अन्तिम प्रयास असफल भएपछि उम्मेदवारी फिर्ता लिएको हुँ झाँक्रीले भन्नुभयो । एकता थवाङको पहिचान भएकाले सोही पहिचान कायम गर्न सहमतिको प्रयास गरियो तर सफल नभएपछि चुनाव नलड्ने निर्णयमा पुगेँ झाँक्रीले भन्नुभयो ।