मंगलग्रहमा अवतरण गरिने ल्यान्डरको सफल परीक्षण

0
Shares

हुआईलाई, (एजेन्सी)।

चीनले सन् २०२० मा मंगलग्रहका लागि प्रस्तावित आफ्नो पहिलो अभियानसँग सम्बन्धित पहिलो मंगल ल्यान्डरको परीक्षण पूरा गरेको छ।अन्तरिक्षमा अमेरिकालाई चुनौती दिँदै विश्व शक्ति बन्ने दौडमा चीनले कयौं महत्वाकांक्षी अभियानमा काम गर्दै आइरहेको छ।

चिनियाँ सेनाद्वारा सञ्चालित यस अन्तरिक्ष कार्यक्रममा अर्बौं डलर लगानी गरिएको छ। बेइजिङले सन् २०२२ सम्म मंगलग्रहमा आफ्ना अन्तरिक्षयात्रीका लागि एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने योजना बनाइरहेको छ।

उक्त परीक्षण चीनको उत्तरी हेबई प्रान्तको हुआईलाईमा गरिएको हो। चीनको अन्तरिक्ष प्रशासनका निर्देशक चांग केच्यानले यो परीक्षण मंगलग्रहमा अवतरण गर्ने चीनको योजनाको एक महत्वपूर्ण हिस्सा भएको बताए। उनले भने– ‘अहिलेसम्म सबै विकास कार्य सहजताका साथ चलिरहेको छ।’

चन्द्रमा अभियानमा सफलता

पृथ्वीबाट चन्द्रमाको एकतर्फको हिस्सामात्र देखिन्छ। चीनले चन्द्रमाको अर्को हिस्सा अर्थात् ‘डार्क साइड’मा आफ्नो रोवर अवतरण गराउन सफलता हासिल गरिसकेको छ। यसै वर्ष जनवरीमा चीनको लुनार रोवर चागेंं चन्द्रमाको उक्त डार्क साइडमा अवतरण गराइएको थियो।

चीनको यो चन्द्र रोवरले चन्द्रमाको अर्को हिस्साको अध्ययन गर्नेछ, जसको विषयमा विश्वका वैज्ञानिकसँग अहिले पनि धेरै जानकारी छैन। अवतरणपछिको केही समयमै उक्त रोवरले चन्द्रमाको अर्को हिस्साको तस्वीर पृथ्वीमा पठाएको थियो।

सन् २००३ मा चीनले पहिलो पटक अन्तरिक्षमा मानव पठाउन सफलता हासिल गरेको थियो। चीनबाहेक रुस र अमेरिकाले मात्र यो सफलता हासिल गरिसकेका छन्।