कुलेश्वर आवास क्षेत्रमा देवकोटा जयन्ती

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
कुलेश्वर आवास परिवार कल्याण संस्था, साहित्य कला संस्कृति समाज, महिला समूह, ज्येष्ठ नागरिक मिलन केन्द्रको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जयन्ती मनाइयो।
उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा रहेको थियो भने विशिष्ट अतिथिमा प्राडा यादवप्रसाद लामिछाने रहनुभएको थियो।उक्त कार्यक्रममा साहित्य, कला, संस्कृति समाजका संयोजक रामकुमार श्रेष्ठ (विनय) ले स्वागत भाषण गर्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो।
कविता वाचन गर्ने कविहरूमा कवयित्री मञ्जु काँचुली, लक्ष्मी माली, डा. विन्दु शर्मा, कवि रामबाबु सुवेदी, गजलकार रामबहादुर पहाडी, स्थानीय कविहरू, विद्यालय तथा क्याम्पसका छात्रछात्राहरूबाट विभिन्न विधामा कविता वाचन गरिएको थियो।
उक्त अवसरमा प्रमुख अतिथिले देवकोटाको संग्रहालय निर्माणका लागि सरकारी तवरबाट बजेट व्यवस्थापन भइसकेको र डीपीआर तयार गरी छिट्टै निर्माण हुने कुराको जानकारी गराउनुभयो।
विशिष्ट अतिथि कवि लामिछानेले महाकविको कृतिबारे प्रकाश पार्दै कविता वाचनको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो।सोही अवसरमा निवर्तमान अध्यक्ष लक्ष्मीनाथ श्रेष्ठले देवकोटाको घरलाई राष्ट्रिय संग्रहालयका रूपमा रूपान्तरण गर्ने सुझाव व्यक्त गर्नुभयो।
साथै पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, पूर्वसचिव विजय भट्टराई, पं. नारायणप्रसाद आचार्यले देवकोटाको साहित्यिक गतिविधि र जीवनीबारे प्रकाश पार्नुभएको थियो।