कार बम हमलामा १४ जनाको मृत्यु


उत्तरी सिरिया ।

उत्तरी सिरियाको अल–बाब शहरमा शनिबार भएको कार बम हमलामा १४ जनाको मृत्यु भएको छ । यस टर्की–नियन्त्रित क्षेत्रमा भएको हमलामा मारिनेहरुमा अधिकांश सर्वसाधारण छन् ।

बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले उक्त घटनामा अरु ३३ जना घाइते भएको र केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ । उक्त बम शहरको बस तथा ट्याक्सी पार्किङ स्थलमा बिस्फोट गराइएको थियो ।

टर्की र सिरियाभित्र सक्रिय समूहहरुले उत्तरी सिरियाका विभिन्न इलाकामा सन् २०१६ देखि नियन्त्रण कायम गरेका छन् । उक्त बम आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

सन् २०१७ को फेब्रुअरीमा इस्लामिक स्टेट समूहको कब्जामा रहेको यो नगर क्षेत्रलाई टर्कीको सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो ।

सिरियाको दोस्रो ठूलो शहर अलेप्पोबाट अल–बाब नगर करिब ३० किलोमिटर उत्तरमा रहेको छ ।

रासस/एएफपी