आखाँ तथा कानका सवै उपचार खाल्टेमै


बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउपालिका –६ खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालमा शनिवार देखि आँखा तथा कान उपचार केन्द्र संचालनमा आएको छ ।

अस्पतालले लामो समयको प्रयास पछि सञ्चालनमा ल्याइएको केन्द्रको शनिबार सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद हरिबोल प्रसाद गजुरेलले उद्घाटन गर्नुभएको हो ।

आत्मीय सामुदायिक अस्पतालको समन्वय र सगरमाथा चौधरी आँखा अस्पताल लहानको स्वामित्वमा संचालनमा आएको उपचार केन्द्रमा आखाँ तथा कानका सवै उपचार सेवा दिईने आत्मीय सामुदायिक अस्पतालका कार्यकारी निर्देशक सन्जिब केसीले जानकारी दिनुभयो ।

सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउपालिका, रामेछाप र ओखलढुंगा लगाएतका ठाँउका आखाँ तथा कानका विरामीहरुलाई मध्यनजर राखेर यस क्षेत्रकै पहिलो सुविधि सम्पन्न उपचार केन्द्र संचालनमा आएको निर्देशक केसीको भनाई छ ।‘आखाँ तथा कानको सानो समस्या देखा परेपनि काठमाडौं, धुलिखेल, बनेपा लगाएतका ठाउँका महंगा अस्पतालमा हजारौं पैसा खर्च गरेर उपचार गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारण जनताको बाध्यता थियो ।

यस्तो बाध्यता अन्त्य गर्न र सर्भसुलभ मूल्यमै गाउँमै उपचार गराउने उदेश्यले यो केन्द्र संचालनमा ल्याइएको हो’उहाँले भन्नुभयो ।
सामुदायिक अस्पताल भएकाले सुलभ मुल्यमा स्लिडल्याम्प, कम्प्युटराईज्,भिज्यूअल अक्युटी प्रविधिमा आखाँको र माईक्रोस्कोपि प्रविधिमा कानका विरामीहरुको उपचार गरिने उहाँको दावी छ ।

केन्द्रको उद्घाटन गर्दै सांसद गजुरेलले आखाँको उपचारमा नेपालमै ब्राण्ड बनेको सगरमाथा आखाँ अस्पतालको स्वामित्वमा रहेनगरी सुनकोशीको खाल्टेमा आखाँ तथा कान उपचार केन्द्र स्थापना हुनु यस क्षेत्रका सर्वसाधारणका निम्ती गौरवको कुरा भएको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताउदै सरकारले स्वास्थ्यलाई निःशुल्क नगरेसम्म भ्रष्टाचार नरोकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सिन्धुलीका अध्यक्ष तथा ३ नं. प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन)ले अस्पतालले अहिले भन्दा पनि बढी सर्वसाधारणहरुको आकर्षण र विश्वास जित्दै आखाँ तथा कान उपचार केन्द्रलाई सफल बनाउन सुझाव दिनुभयो ।

विपीराजमार्ग र निर्माणाधिन मध्य पहाडी लोक मार्गको नजिकै अस्पताल भएकाले अवका दिनमा राजमार्गमा हुने सवारी दुर्घटनालाई मध्यनजर राख्दै हार्डजोर्नी सम्बन्धि उपचार हुने गरी ट्रमा सेन्टरको रुपमा यस अस्पतालाई विकास गर्न सके अझ प्रभावकारी हुने उहाँको भनाई छ । यसका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

अर्का ३ नं. प्रदेशसभा सदस्य विनोद खड्काले आखाँ तथा कान उपचार केन्द्र सफल बनाउन अस्पताल व्यवस्थापन समिति र स्थानिय सर्वसाधारण जागरुक हुनुपर्ने धारणा राख्नुभयो ।

सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले गाउपालिका मातहतका स्वास्थ्य संस्थाहरुमा आखाँ तथा कानको उपचार सेवा नभएको अवस्थामा आत्मीय अस्पतालले केन्द्र संचालनमा ल्याएर आखाँ तथा कानको उपचारमा सर्वसाधारणहरुलाई सहज बनाएको बताउनुभयो ।

फिक्कल गाउपालिका अध्यक्ष धन बहादुर कार्कीले आखाँ तथा कान उपचार केन्द्रले गाउपालिकाका सर्वसाधारणलाई काठमाडौं गएर उपचार गर्नुपर्ने बाध्यतालाई अन्त्य गरेको बताउनुभयो ।