आगलागीबाट करिब ४ लाख बराबरको धनमाल नष्ट

0
Shares

न्युज अफ नेपाल, उदयपुर ।

उदयपुरगढी गाउँपालिका–८ बस्ने खड्ग बहादुर राउतको गोठमा शनिबार दिउँसो आगलागी हुँदा गोठ तथा गोठमा भएको काठ, पराल जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।