सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु 


न्युज अफ नेपाल, काठमडौं ।

काठमाडौं, काभ्रे, नवलपरासी९पश्चिम०, चितवन, रुपन्देही र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरस्थित सडकमा बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुल बहादुर रोकायको नागरिक अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुर चौदण्डीगढी नगरपालिका–४ घर भएका १९ वर्षीय प्रदिप मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–८ थाक्लेस्थित सडकमा धुलिखेलबाट पाचँखाल जाँदै गरेको ना ७ ख ३७६० नम्बरको ट्याङकर सडकबाट करिब १ सय ५० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याङकर चालक मकवानपुर हेटौँडा घर भएका ३० वर्षीय राजकुमार लामालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका ट्याङकरका सह(चालक मकवानपुर पालुङ घर भएका २३ वर्षीय कन्चन लामाको धुलिखेल अस्पताल हुँदै थप उपचारको लागि नर्भिक अस्पताल थापाथली काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

नवलपरासी(पश्चिम)को सरावल गाउँपालिका–१ धर्मकाँटास्थित सडकमा रोकी राखेको लु २ ख ८५१ नम्बरको ट्रकमा लु ३९ प ८५२८ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका–१२ भुमही बस्ने ४२ वर्षीय दामोदर पौडेलको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रुपन्देही रोहीणी गाउँपालिका–३ धकधई बस्ने १८ वर्षीय विवेक घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरास्थित सडकमा ना १५ प ५१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने ३५ वर्षीय डिल्लीराम गौतमको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी चितवनकाे ईच्छाकामना गाउँपालिका-२९ सत्र किलोस्थित सडकमा ग १७ प ४५६४ नम्बर र बा ५३ प १६५० नम्बरका मोटरसाइकल शनिबार दिउँसो एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका बा।५३ प १६५० नम्बरको मोटरसाइकल चालक पर्सा जितपुर बस्ने ३२ वर्षीय बैजनाथ चौधरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ग।१७ प ४५६४ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित सडकमा लु १३ प ५१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका–११ कालिकानगर बस्ने ३० वर्षीय उपेन्द्र श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका(६ बकुवास्थित सडकमा से १ ख १५९१ नम्बरको फोर्स गाडीको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने डिल्ली ढकालको छोरा ४ वर्षीय युपी ढकालको स्थानीय मेडिकल भुरीगाँउ हुँदै थप उपचारको लागि नेपालगञ्ज लगेकोमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।