विभिन्न धनमाल चोरी


न्युज अफ नेपाल, काठमाडौं ।

तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने मायालक्ष्मी लामिछानेको घरबाट नगद तथा सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब १ लाख ४२ हजार ७ सय रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

यसैगरी बुढानिलकण्ठ नगरपालिका–६ पासिकोट बस्ने बबिता रानाको घरबाट नगद तथा सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।