बाल–मजदुरमा मानसिक समस्या

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

सुधारगृहबाट उद्धार गरिएका बाल–मजदुरमा प्रायः कुनै न कुनै किसिमको मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको छ।त्रिभुवन विश्वविद्यालय र बेलायतको किङ्गस कलेजले गरेको अध्ययनले सो तथ्य फेला पारेको हो।

बाल मजदुरलाई उद्धार गरी पुनस्र्थापना कार्य गर्दै आएका उपत्यकाभित्रका आठ संस्थाका एक सय तीन बालबालिकामाथि सो अध्ययन गरिएको थियो। अध्ययन गरिएकामध्ये ३८ केटा र ६५ केटी थिए। अध्ययनमा अधिकांश बालबालिकामा डिपे्रसन, आघातजन्य घटना र संवेगात्मक स्वास्थ्यसंँग सम्बन्धित समस्या देखिएका छन्।

बाहिरबाट नदेखिने मानसिक रोगका कारण बालबालिकाको समस्या बढ्दै गएको पाइएको छ।त्रिचन्द्र क्याम्पसका मनोविज्ञान विभागका प्रमुख डा. नारायणप्रसाद शर्माले त्यस्ता बालबालिकाले कुनै न कुनै किसिमको दुव्र्यवहार भोगेको पाइएको बताउँदै भन्नुभयो– ‘ती बालबालिकाको ध्यानमा विचलन देखिएको छ।’

उहाँका अनुसार कतिपय बालबालिका यौनदुव्र्यवहार गरिएको समेत भेटिएको छ। संस्थाले कुन बालिकालाई कस्तो समस्या देखिएको छ भन्ने विषय सार्वजनिक गरेको छैन।उद्धार गरिएकामध्ये ६२ प्रतिशत बालबालिकामध्ये तीनभन्दा बढी प्रकारका दुव्र्यवहार भोगेको अध्ययनले देखाएको छ।

त्यस्ता बालबालिकाले शारीरिक, यौन, भावनात्मक, बेवास्तालगायतका दुव्र्यवहार भोग्नुपरेको थियो। अध्ययनमा १२ देखि १८ वर्ष उमेर समूहलाई सहभागी गराइएको थियो। संस्थाले गरेको अध्ययनमा समस्या देखिएपछि पहिचान गर्न सहज नभएको जनाएको छ।

तर चाँडै पहिचान भए निराकरण गर्न सजिलो हुने डा. शर्माको भनाइ छ। उहाँका अनुसार स्वाथ्यसम्बन्धी देखिएको समस्या समाधान गर्न कग्नेटिभ वायो मोडिफिकेसन प्रविधि अपनाउनुपर्ने बताउनुभयो। सो प्रविधिबाट विदेशमा उपचार गर्न थालिए पनि नेपालमा शुरू गर्ने तरखरमा रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘केही बालबालिकामा कम्प्युटरमा आधारित विधि प्रयोग गरेर उपचार शुरू गरेका छौं, त्यो विधि सफल भएमा अन्य बालबालिकालाई पनि काम लाग्न सक्छ।’

त्रिवि मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक सन्देश ढकालले अध्ययनले ९ दशमलव ७ प्रतिशतमा सधैंभरि डर लाग्ने लक्षण, २७ दशमलव २ प्रतिशतमा नजिकका व्यक्तिसँग छुट्टिनुपर्ने डर, २५ दशमलव २ प्रतिशतमा आत्तिने डर देखिएको जानकारी दिनुभयो।

उहाँले उद्धार गरिएका मध्ये ६ दशमलव ८ प्रतिशत बालबालिकामा कडा खालको डिप्रेसन र १२ दशमलव ६ प्रतिशतमा कम खालको डिप्रेसनसमेत देखिएको बताउनुभयो। मानसिक समस्या पालेर बस्दा त्यसले डरलाग्दो रूप लिनसक्ने बताउँदै उहाँले भनुभयो– ‘जतिछिटो उनीहरूको समस्या पहिचान गरी उपचार गर्नैपर्छ।’

अध्ययनले मानसिक स्वास्थ्य बिग्रिएका बालबालिकामा नकारात्मक कुरामा बढी ध्यान दिने, डराउन, चिच्याउने कराउनेजस्ता लक्षण देखिन थालेको अध्ययनले देखाएको छ।अध्ययनमा पहिलो चरणमा समस्या देखिएका १ सय ३ जना छनोट भएपछि त्यसमध्ये कडा मानसिक स्वास्थ्य समस्या देखिएका ६० जना र तेस्रो चरणमा कडा मानसिक रोग देखिएका ३० जनामाथि कम्प्युटर प्रविधिबाट अध्ययन शुरू गरिएको गर्ने उल्लेख छ।

चिकित्सकीय अनुसन्धान परिषद्को सहयोगमा गरिएको अध्ययनको विषयमा जानकारी दिँदै किङ्गस कलेज लन्डनका सहप्राध्यापक जेनिफर एफ लाउले भारत र नेपालका बाल मजदुरमाथि गरिने दुव्र्यवहार समान रहेको बताउनुभयो।

उहाँले आफूहरूले गरेको अध्ययन प्रतिवेदनको विषयमा केन्द्रीय बालकल्याण समितिलगायत सरकारी निकायसंँग छलफल गर्ने जानकारी दिनुभयो। संस्थाले बिहीबार प्रतिवेदन सार्वजनिक गरेको थियो।