बोलिभियामा अन्तरिम राष्ट्रपति नियुक्त

0
Shares

सुक्रे,(एजेन्सी)।

बोलिभियाका विपक्षी सिनेटर जिनाइन एनेजले बुधवार दषिण अफ्रिकी मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन्। हालै मात्र राष्ट्रपति एभो मोरालेसले पदबाट राजिनामा दिएका थिए। एनेजले संविधान अनुसार आफु लाइनमै रहेका बताउँदै चाँडै नै चुनाव गराउने बताएकी छिन्।

बोलिभियाको संवैधानिक अदालतले उनको नियुक्तिलाई अनुमोदित गरेको छ। मोरालेस पार्टीका विधायकहरुले संसद बैठक बहिष्कार गरेका छन्। साथै पूर्व राष्ट्रपतिले एनेजलाई सैनिक विद«ोह भड्काउने दक्षिणपन्थि सिनेटरको संज्ञा दिएका छन्।

मोरालेस भने मुलुकमा आफ्नो ज्यानलाई खतरा रहेका ेभन्दै राजनीतिक शरण माग्दै मेक्सिको तर्फ पलयन भइसकेका छन्। विवादास्पद राष्ट्रपतिय चुनावी नतिजालाई लिएर थुप्रै साता देखि विरोध पदर्शन हने क्रममा आइतवार मोरालेसले राजिनामा दिएका थिए।

सेना प्रमुले उनलाई राजिनामा दिन दवाव दिएका थिए। उनले आफलाई राजिनामा दिन दवाव दिइएको तथा रक्तपात नमचियोस भन्ने उद्देश्यले आफुले चुपचाप राजिनामा दिएको बताएका छन्।

मोरालेसका कटर आलोचक भनेर पनि चिनिने ५२ वर्षिया एनेज कुशल वकिल हुन्। उनी विगतमा टोटलभिजन टेलिभिजन स्टेसनका निर्देशक पनि रहेकी थिइन्। बेनी क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनी सन् २०१० देखि राष्ट्रिय सभामा सिनेटर रहँद ैआएकी छिन्।

सिनेटका उपनेताले यसरी आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि बोलिभियाका उप राष्ट्रपति र सिनेट तथा तल्लो सभाका नेताहरले राजिनामा दिएका छन्। मोरालेसको बामपन्थि मुभमेन्ट फर सोसिलिज्म पार्टीका विधायकहरुले एनेजको नियुक्तिलाई अवैधानिक दावी गरेका छन्।