बालबालिकाको मृत्युको कारण निमोनिया

0
Shares

काठमाडौं, (नेस)
फोक्सोमा हुने शिघ्र संक्रमण निमोनियाका कारण ५ वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्यसेवा विभागले बुधबार पत्रकार सम्मेलनमा गरेर सो तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांकअनुसार झण्डै ३० लाख बालबालिकामध्ये १७ लाखमा श्वासप्रश्वाससम्बन्धी समस्या हुने गरेको छ। यो संख्या उपचारका लागि स्वास्थ्य संस्थामा आइपुगेका बालबालिकाको हो। वार्षिक तथ्यांकअनुसार ५ वर्षमुनिका २ लाखभन्दा बढी बालबालिका निमोनियाबाट ग्रस्त हुने गरेका छन्।

नेपाल भरिका स्वास्थ्य संस्थाले विभागमा बुझाएको रिपोर्टका आधारमा अध्ययन गरी निकालिएको तथ्यांकमा वार्षिक १ हजार २ सय जना ५ वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलकराज शर्मा गौतम बताउनुहुन्छ।

चिकित्सकहरूले गरेको अध्ययनका आधारमा सार्वजनिक गरिएको तथ्यांकअनुसार ‘बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हुने गरेको छ’ –डा. गौतम भन्नुहुन्छ।

नेपालमा वार्षिक १ हजार २ सय जना ५ वर्षमुनिका बालबालिकाको मृत्युमा ३ सयभन्दा बढीको निमोनियाकै कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियोे। यो तथ्यांक सरकारी स्वास्थ्य संस्थाको मात्र भएको र निजी क्षेत्रको संख्या अझ बढी हुन सक्ने जानकारी गराएको छ।