नेपाल बंगलादेश बैंकका सञ्चालक र सीईओमाथि शंकास्पद कर्जा प्रवाहबारे छानविन



नेपाल समाचारपत्र, काठमाडौं।

नेपालको वित्तीय क्षेत्रमा एकपछि अर्को गर्दै वित्तीय अपचलनका घटना सार्वजनिक हुँदै जान थालेका छन्। बैंक अफ काठमान्डूमा कर्जा प्रवाहमा अनियमितता भएको घटनाले वित्तीय क्षेत्रमा तरङ फैलाइरहेका बेला शंकास्पद कर्जा प्रवाह गरेको विषयमा नेपाल बैंकर्स संघका अध्यक्ष एवम् नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानासमेत मुछिएको खबर छ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार विराटनगरस्थित वाणिज्य कार्यालयमा दर्ता गरिएको भनिएको पार्थ इन्टरनेसनल नामक कम्पनीलाई दिइएको कर्जा शंकास्पद पाइएपछि राष्ट्र बैंकले सीईओ ढुंगानालाई गत भदौमा प्रष्टिकरण सोधिएको हो।

हालसम्म गुपचुप राख्न खोजिएको सो प्रकरणमा १ करोड ८९ लाख रुपियाँबराबरको धितोमा ९ करोड ९० लाख रुपियाँ ऋण दिएको पाएपछि बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र सञ्चालक दीपक कार्कीलाई प्रष्टिकरण सोधिएको राष्ट्र बैंक स्रोतले बताएको छ।

बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानालाई ऋण स्वीकृत गर्ने अधिकारको अधिकतम् सीमा रकमभन्दा माथि गएर आफ्नै ढंगले ऋण स्वीकृत गराएका स्रोतको दाबी छ।बैंकका सञ्चालक स्रोतका अनुसार पार्थ इन्टरनेसनलको ९ करोड ९० लाख रुपियाँको ऋण स्वीकृतिका लागि नेपाल बंगलादेश बैंकको सञ्चालक समितिमा प्रस्ताव लगिएको छैन।

सीईओ ढुंगानाले आफ््नो मनोमानी ढंगले ऋण स्वीकृत गरेको बताइएको छ। यस विषयमा सीईओ ढुंगानासँग नेपाल समाचारपत्रले सम्पर्क गर्ने प्रयास गरेको थियो। तर, सम्पर्क हुन सकेन। पार्थ इन्टरनेसनले २०७६ कात्तिक २१ गते विराटनगर कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्र लिएर बैंकमा पेस गरिसकेको छ।

उक्त कम्पनीले गत आर्थिक वर्षमा ९ करोड ७८ लाख रुपियाँ बराबरको कारोबार गरेको विवरण करचुक्ता प्रमाणपत्रमा उल्लेख छ।कारोबार नै नगरेको कम्पनीलाई असार मसान्तमा यति ठूलो ऋण दिनु अस्वाभाविक भएको राष्ट्र बैंकका अधिकारीको भनाइ छ।

सो रकम अनाधिकृत रुपमा प्रयोग भएको भन्ने विषयमा केन्द्रीय बैंकको अनुसन्धान केन्द्रित रहेको बताइएको छ। पार्थ इन्टरनेसनलका नाममा निकालिएको ऋण रेशु अग्रवाल, नगेन्द्र अग्रवाल र दीपेन्द्र अग्रवाललगायतले शेयर धितोमा लिएको ऋणको किस्ता तिर्न प्रयोग गरेको आशंकामा राष्ट्र बैंकले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

एउटा शीर्षकमा कर्जा लिएर अर्को शीर्षकमा खर्च गरेको प्रमाणित भएमा ऋण अपचलन गरेको अभियोगमा बैंकिङ कसूर ऐन आकर्षित हुने प्रावधान छ। नेपाल बंगलादेश बैंकमा ऋण अपचलनदेखि बैंकका निम्ति जग्गा खरिद प्रकरणमा सञ्चालक कार्की र सीईओ ढुंगाना यसअघि पनि पटक–पटक विवादमा पर्दै आएका छन्। य

सअघि विशालनगरमा बैंकको कार्यालय प्रयोजनका लागि जग्गा खरिद प्रकरणमा दुवैजनामुछिएका थिए।त्यस्तै सञ्चालक कार्कीले बैंकमा अनियमितता गर्ने विषयमा कुरा नमिल्दा सञ्चालकहरूबीच नै कुटाकुट भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा कार्कीको घुँडामा चोट लागेको फोटोसमेत सार्वजनिक भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्