कोल्टीको आकस्मिक प्रशुती केन्द्र अलपत्र


दयाराम पण्डित, बाजुरा ।

बाजुराको कोल्टी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन हुने भनिएको आकस्मिक प्रशुुती सेवा अझै सञ्चलनमा आउन सकेको छैन । आबस्यक दक्ष जनशक्ती र उपकरण ब्यबस्थापन गर्न नसक्दा प्रशुती सेवाकेन्द्र अलपत्र परेको हो । बाजुरा लगायत हुम्ला र मुगुका नौवटा स्थानीय तहका महिला आकस्मिक प्रशुती सेवाबाट बञ्चित भएका हुन् ।

स्वास्थ्य सेवा बिभाग सियस कार्यक्रमका संयोजक डाक्टर ईन्द्रप्रसाद प्रजापतिका अनुसार “बाजुराको भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपाल सरकार स्वास्थ्यसेवा विभागबाट गतवर्ष देखि उक्त सेवा सञ्चालन ल्याउने नीति कार्यक्रम तथा बजेट स्वीकृत भएको छ ।” यद्येपी आकस्मिक प्रसुति सेवा सुुचारु गर्न तान्तार ताकेता गर्दापनि जिल्ला स्तरवाट सुनुवाई भएको छैन ।

उक्त सेवाका लागि खरिद गरेका उपकरण जिल्ला स्वास्थ्य कार्यालयमै थन्किएका छन् । सियस (सिजेरियन शेक्सन) सघन प्रशुती सल्यक्रिया कक्षका लागि डाक्टरको पनि अभाव छ । तिनलाख रुपैंया तलभ दिन्छु भन्दा पनि डाक्टर बाजुरा जान मानिरहेका छैनन् । तैपनि म डाक्टरको खोजीमा छुु ।” संयोजक प्रजापतिले भन्नुभयो ।

उपकरण नै नजोडीकन डाक्टरले के काम गर्छ ? डाक्टर प्रजापतिको प्रतिप्रश्न छ । आकस्मिक प्रशुती सेवाकेन्द्रको लागि गत वर्षको बजेट पनि फ्रिज गयो । योवर्ष पनि जनशक्ती ब्यबस्थापनको लागि तिस लाख रुपैंया स्वीकृत भएको छ । आर्थिक वर्ष सुरुभएको चार महिना वितिसकेको छ ,पशुती सेवा सुचारु गर्ने कुनै सुरसार छैन ।

ग्रामीण क्षेत्रका महिलालाई मध्यनजर गरी स्वास्थ्य केन्द्रमा आकस्मिक प्रशुती सेवा सञ्चालन गर्ने नीति कार्यक्रम तथा बजेट जिल्ला सवास्थ्य कार्यलयसंग छ ।

तर दुर्गममा डाक्टर अभावका कारण सेवा सञ्चालनमा ल्याउन नसकेको जिल्ला सवास्थ्य कार्यालय प्रमुख अशोककुमार साहले जानकारी दिनुु भयो । समानका लागि गत वर्ष दुुइपटक बोलपत्र आह््वान गर्दा गत अषाढमा सामान खरिद ठेक्का स्वीकृत भयो ।

अषाढ अन्तिममा दश लाख रुपैया बराबरको सामान त आयो । तर, दक्ष जनशक्तीको खोजीमा छौं । सम्पर्कमा कोही आएका छैनन्‘ स्वास्थ्य प्रमुख साहले भन्नुुभयो ।

गत वर्ष स्थानीय डाक्टर सत्य शाहीलाई करार नियुक्ती गर्न खोजेको हो । तलभ विषयमा विबाद हुंदा डाक्टर शाहीले बस्न नमानेको बुडीनन्दा नगरपालिकाकी उपप्रमुख शृष्टी रेग्मीले जानकारी दिनुुभयो ।

क्वटेशनका आधारमा करार सम्झौता गरी तलभ दिन सकिने नेपाल सरकारको कानुनी ब्यबस्था छ । तर,सथानीय तहमा नेपाल सरकारको तलभ स्केल भन्दा बढि दिन नमिल्ने भन्दै तत्कालिन प्रमुख प्रशासकिय अधिकृतले रोकेपछि आकस्मिक सेवा सुचारु हुन नसकेको उपमेर रेग्मीले बताउनुुभयो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले डाक्टरलाई तलभ सविधा दिन आअनकानी गरेपछि कोल्टीमा उक्त सुविधा पुर्याउन ढिलाई भएको पनि उपप्रमुख रेग्मीले टेलिफोन सम्पर्कमा भन्नुभयो । यस वर्षपनि दक्ष जनशक्ती ब्यबस्थापनका लागि तिस लाख रुपैंया बजेट विनियोजन भएको छ । आकस्मिक प्रसुतिसेवाका लागि सात जनाको दरवन्दी आबस्यक छ । हामीसंग एस्पिए तालिम लिएका स्थायी कर्मचारी छन्, तिनीहरुलाई पनि ब्यबस्थापन गर्छाैँ।

पछिल्लो समयमा सुत्केरीको उद्धार गर्न प्रदेशबाट हेलिकप्टर चाटर गरिन्छ । वर्षमा चार जना महिलाको उद्धार गर्न लाखौं रुपैया खर्च हुन्छ । तर, कोल्टी स्वास्थ्य केन्द्रमा आकस्मिक प्रशुती सेवा सञ्चालन गर्दा कम लागतमा बाजुरा लगायत हुम्ला, मुगुका नौ स्थानीय तहका महिलाले सुविधा पाउने छन् । केही दिनमा सामान तत्काल ढुवानी गराउछौं । डाक्टरको आबस्यकता हो, तत्कल विज्ञापन गरेर डाक्टर भर्ना गर्छौं उपमेयर रेग्मीले भन्नुभयो ।

कोल्टी स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सञ्चालन गर्ने कार्यक्रम स्वीकृत भएर आएको छ । यद्येपी दक्ष जनशक्ती समायोजनको नाममा भएका कर्मचारी बाहिर पठाउँदा थप समस्या आएको छ । यो समस्या बुढीनन्दा नगरपालिकाको मात्र नभएर बाजुरा लगायत छिमेकी जिल्लाको पनि हो ।

कर्मचारीमाथि आस्था र भनसुनका आधारमा सरुवा नगरी कार्यदक्षताको अधारमा कर्मचारी ब्यबस्थापन गर्नपर्ने बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवहादुर वि.कले भन्नुभयो ।

गत वर्ष पनि बजेट आयो फ्रिज भयो । यो वर्ष पनि बजेट त आएको छ, आकस्मिक प्रसुती सेवा भने सुचारु हुने नहुुुने थाह भएन । काम गर्नु पर्यो बजेट अभाब हुंदैन कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख धनबहादुर थापाले भन्नुुभयो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ८-९ घण्टाको पैदल दुरीको बाटो हिडेर दिनमा २०-२५ । जना प्रसव पीडाका महिला आउँछन् । कतिपयलाई सल्यक्रिया गर्नुपर्ने हुन्छ । उपकरण तथा दक्ष जनशक्ती ब्यस्थापन गर्न नसक्दा जिल्ला अस्पताल तथा र जिल्ला बाहिर रिफर गरिन्छ ।

सुत्केरी आमाको अकालमा ज्यान नजावस भनेरै होला नेपाल सरकार स्वास्थय सेवा विभागले सिओएन्सी कार्यक्रम सञ्चालन गर्न सिनियर अनमी “म” लगायतका कर्मचरीलाई वटी (सल्यक्रिया तालिम) गराएको छ । तर काम पाएको छैन सिनियर अनमी प्रमिला विष्टले भन्नुुभयो ।

स्थानीय स्तरमा आकस्मिक प्रसुती सेवा सञ्चालन नहुंदा प्रसव पिडाका महिलाको उद्धार गर्न केही महिना यता प्रदेश सरकारले चार पटक हेलिकप्टर प्रयोग गरेको थियो ।

हालै मात्र बुढीनन्दा नगरपालकाका लागि खरिद गरिएको एम्बुलेन्स धनगढी ,कन्चनपूरलाई दिएपछि बाजुरा कुण्डाक्षेत्रका विरामीले थप सास्ती बेहोर्नु परेको छ । सम्बद्ध निकायले सडक सञ्जाल, स्वास्थ्य, शिक्षा र सञ्चार लगायतका आधारभुत आबस्यकतालाई पहिलो प्राथमिकतामा राख्न जिल्लाबासीको सुुझाव छ ।