भारतको नयाँ नक्साप्रति महासचिव रायमाझीको आपत्ती

14
Shares

न्युज अफ नेपाल, काठमाडौं । भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्साप्रति अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझीले आपत्ति जनाएका छन् ।

ऐतिहासिक स्थल कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नयाँ नक्सामा समेटिएको भन्दै रायमाझीले आपत्ति जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रायमाझीले भारतले भर्खरै जारी गरेको राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भू–भागका रुपमा देखाइएकोमा जुन नेपाली भूमी रहेको उल्लेख गरेका छन् ।

भारतको यो विस्तारवादी मिचाहा तथा हेपाहा प्रवृत्ति अन्तराष्ट्रिय कानूनको समेत विपरित रहेको छ, नेपाल र नेपालीलाई कमजोर ठानी नेपाली भूमि अतिक्रमण गर्ने भारतीय विस्तारवादी नीति घोर आपत्तीजनक, निन्दनीय र अस्वीकार्य रहेका बताएका छन् ।

वास्तविकता के हो ?  यस सम्बन्धमा नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नुपर्ने र कूटनीतिक माध्यमबाट आफ्नो भूगोल रक्षा गर्न तत्काल पहल गर्न माग गरेका छन् । भारतको यस कामको कुटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकार र प्रधानमन्त्रीलाई ध्यानाकर्षण पनि गराएका छन् ।

उनले थप्दै लेखेका छन्, ‘भारतीय पक्षले यस प्रकारको त्रुटी अविलम्ब सच्चाओस् । अन्यथा हाम्रो भूमि कदापी छाडिने छैन् । राष्ट्रियता र सार्वभौमिकताको लागि हामी जस्तो सुकै मुल्य चुकाउन तयार छौं ।’

भारतीय नक्सामा नेपाली भूमि समेटिएको पाइएपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ।