डा. केसीप्रति स्थानीयको समर्थन

0
Shares

डडेल्धुरा, (नेस)।

त्रौंपटकको सत्याग्रह डडेल्धुरा सदरमुकामबाट शुरू गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको आन्दोलनप्रति स्थानीय स्तरमा समर्थन बढ्दै गएको छ।

डा. केसीले सोमबारदेखि शुरू गरेको सत्याग्रहको चौथो दिन बिहीबार डडेल्धुरामा प्रा. डाक्टर गोविन्द केसीको सत्याग्रहको समर्थनमा शान्तिपूर्ण दवाव र्याली निकालिएको छ।

नागरिक समाज डडेल्धुराको अगुवाइमा डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उदेश्यले दबाब र्याली निकालिएको हो।

डडेल्धुरा सदरमुकामस्थित बसपार्कबाट निकालिएको दबाब र्याली डाक्टर केसी अनशनरत स्थलमा गएर टुंगिएको थियो।