हतियारसहित तीन पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

अपराध महाशाखा ठेकुबाट खटिएको विशेष टोलीले गैरकानूनी रूपमा हतियारको कारोबार गर्ने ३ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं कामनपा–१४ बल्खुका देवेन्द्र भण्डारी, कीर्तिपुर–६ चोभारका सुमन खड्का र काठमाडौं कामनपा–१४ बल्खुकै मनोजकुमार बस्नेत रहेका छन्।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी रूपमा साना हतियार पेस्तोलको कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो।

उनीहरुले महिन्द्रा गाडीको प्रयोग गरी अवैध हातहतियार ओसारपसार गरेको खुल्न आएको प्रहरीले बताएको छ। उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।