कूटनीतिक पहल गर्नुपर्छ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालको भूमि चाहे चीन होस् या भारत होस् कसैले पनि अतिक्रमण गर्न पाउँदैन। भारतले जारी गरेको नयाँ नक्साको बारेमा जुन कुरा आएको छ, हामी (सरकार) सँग त्यसको प्रमाण छ कि छैन त्यसको खोजी हुनुपर्छ।

हाम्रो भूमि हो कि होइन भन्ने प्रमाण खोज्नुपर्छ, यदि भारतले नेपालको भूमि अतिक्रमण गरेको हो भने नेपाली भूमि जोगाउन राजनीतिक तथा कूटनीतिक पहल गरिनुपर्छ।