६५ जनाको उम्मेदवारी दर्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

कास्की निर्वाचन क्षेत्र नं. २, भक्तपुर निर्वाचन क्षेत्र नं. १ को १, बाग्लुङ निर्वाचन क्षेत्र नंं २ को २ र दाङ निर्वाचन क्षेत्र नं. ३ को २ मा निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठका अनुसार कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि २२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनुभएको छ।

त्यसमा कमल जङ्ग (स्वतन्त्र), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्या भट्टराई, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस (वीपी) का चन्द्रबहादुर रानाभाट, यज्ञप्रसाद पङ्गेनी (स्वतन्त्र), साझा पार्टीका रजनी केसी रहनुभएको छ।

त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, जमुना शर्मा (स्वतन्त्र), नेपाली कांग्रेसका खेमराज पौडेल, नेपाल कम्युनिस्ट पार्टी (माले) का टेकनाथ भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, लक्ष्मीकुमारी भुजेल (स्वतन्त्र), सुनील भुसाल (स्वतन्त्र), सुनीलबहादुर कोइराला (स्वतन्त्र), उमनाथ गौतम (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गंगा मल्लले उम्मेदवारी दिनुभएको छ।दीपक रेग्मी (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी, रनबहादुर दमै (स्वतन्त्र), नवराज बास्तोला (स्वतन्त्र) र पुरुषोत्तम खनाल (स्वतन्त्र) ले उम्मेदवारको मनोनयनपत्र दर्ता गराउनुभएको हो।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ को १ प्रदेश सभाका लागि १९ जनाले उम्मेदवारको मनोनयनपत्र दर्ता गराउनुभएको छ। त्यसमा कृष्णप्रसाद ह्योगो (स्वतन्त्र), जीवन नेपाली (स्वतन्त्र), कृष्णराम पोतामाहा (स्वतन्त्र), साझा पार्टीका सुरज प्रधान, अर्जुन कोजु (स्वतन्त्र), उत्तम साखकर्मी (स्वतन्त्र), नेपाली कांग्रेसका कृष्णलाल भडेल, राकेश सुवाल (स्वतन्त्र), समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका निरज लवजू, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, सुमना कार्की (स्वतन्त्र), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकाल, जीवनचन्द्र अधिकारी (स्वतन्त्र), नेपाल कम्युनिस्ट पार्टी (माले) का सुदर्शन लामिछाने, संगीता पौडेल आचार्य (स्वतन्त्र), सुजाता देउजा (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा र नेपाली कांग्रेस (वीपी) का मधुसूदन न्यौपाने रहनुभएको छ।

बागलुङ निर्वाचन क्षेत्र नं. २ को २ प्रदेश सभा सदस्य रिक्त पदमा राप्रपा (संयुक्त) का नीमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार विक, राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली कांग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्तीमगर (स्वतन्त्र) र मंगोल नेसनल अर्गनाइजेसनका मित्रबहादुर मगर गरी जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनुभएको छ।
दाङ निर्वाचन क्षेत्र नं. ३ को २ प्रदेश सभा सदस्य रिक्त पदमा राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नेपाली कांग्रेसका केशवराज शर्मा, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का छोटीलाल थारु, नेपाल कम्युनिस्ट पार्टीका हरिप्रसाद डाँगी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विमलाकुमारी खत्री, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मंगोल नेसनलका घनश्याम चौधरी, टीकाराम आचार्य (स्वतन्त्र), गोविन्द केसी (स्वतन्त्र), साझा पार्टीका शिवकुमार चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्री र नेपाली कांग्रेस (वीपी) का दीपककुमार धिताल गरी जम्मा १४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनुभएको छ।