संस्कृति संरक्षणका लागि आवाज राख्नुपर्दछ: सिटीनेटका महासचिव

सन्दर्भ: सिटी नेटको ३८ औं कार्यकारी बैठक


न्युज अफ नेपाल, ललितपुर,

सिटी नेटका महासचिव विजय जगननाथनले अमूर्त संस्कृति संरक्षणका लागि सरोकारवालाको आवाज अत्यन्त महत्वपूर्ण हुने धारणा राख्नुभएको छ ।

एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिका र अन्य सरोकारवाला आबद्ध रहेको संस्था सिटीनेटका महासचिव जगननाथनले सो धारणा राख्नुभएको हो । ललितपुरमा विहीबारदेखि शुरु भएको को ३८ औं बैठकमा सहभागी हुन उहाँ नेपाल आउनुभएको थियो।उहाँले शहरी विकास, पूर्वाधार र वातावरणको क्षेत्रमा २४ वर्ष काम गरिसक्नुभएको छ ।

अर्कोतफ संस्कृति र सम्पदाको महत्व बारे परिवार, विद्यालयमा पठनपाठनसंगै भावि पुस्तालाई बताउने र सहभागी गराउने कार्यलाई निरन्तरता दिँदै जानुपर्ने खाँचो पनि उहाँले औल्याउनुभयो ।‘अहिलेको लागि विकास मनुष्यमैत्री हुनुपर्दछ । सडक भनेको ठूलठूला गाडीको लागि मात्र नभई मानिस हिड्नको लागि पनि हो । शहरणमा स्वच्छ वातावरणको लागि हराभरा र रुख, हरियाली पार्कहरु आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको सो बैठकको विषय सम्पदा र दीगो पर्यटनको तय गरिएको छ । ललितपुरसंगै काठमाडौं उपत्यका जस्तो संस्कृति र सम्पदाले भरिएको नगरपालिकाको हकमा संस्कृति संरक्षण गर्न बैठकले के कस्तो कार्य गर्ने छ भन्ने जिज्ञासामा महासचिव जगननाथनले भन्नुभयो ‘ ठूलठूला भवन र बाटो निर्माणलाई नै विकासको एकमात्र ‘मोडेल’ रुपमा बुझ्ने गरिन्छ । यस्तो सोच अमेरिका, युरोपको विकासबाट प्रभावित भएर यस्तो सोच राखेको होला । सोही ‘मोडेल’को विविध क्षेत्रसंगै संस्कृति, सम्पदा संरक्षणमा चुनौती थपिएका छन् ।’

यस्तो अवस्थामा संस्कृति सम्पदा संरक्षणका लागि समाज अथवा सरोकारवालाको जागरुकता नै पहिलो शर्त रहेको पनि उहाँको भनाई रहेको छ । शुरुमा संस्कृति, सम्पदा र विशेष गरी अमूर्त संस्कृतिको मूल्यप्रति मानिसहरु संवेदनशील हुनुपर्ने जोड दिँदै महासचिव जगननाथनले त्यसपछि मात्र संरक्षण उपायहरुतर्फ पाईला चाल्न सकिने बताउनुभयो ।

अर्कोतफ संस्कृति र सम्पदाको महत्व बारे परिवार, विद्यालयमा पठनपाठनसंगै भावि पुस्तालाई बताउने र सहभागी गराउने कार्यलाई निरन्तरता दिँदै जानुपर्ने खाँचो पनि उहाँले औल्याउनुभयो ।‘अहिलेको लागि विकास मनुष्यमैत्री हुनुपर्दछ । सडक भनेको ठूलठूला गाडीको लागि मात्र नभई मानिस हिड्नको लागि पनि हो । शहरणमा स्वच्छ वातावरणको लागि हराभरा र रुख, हरियाली पार्कहरु आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

सिटी नेटले पर्यावरण मैत्री, मनुष्यमैत्री र सम्पदा मैत्री विकासलाई जोड दिँदै त्यसका लागि प्राविधिक दक्षता, ज्ञान र अनुभव आदानप्रदान र सहयोग गर्दै आएको पनि महासचिव जगननाथनले जानकारी दिनुभयो।शहरीकरणसंगै उब्जिएका चुनौती र समस्याको न्यूनीकरणका लागि विपद् व्यवस्थापन, भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण, वातावरणमैत्री सवारी साधनको प्रयोगलाई पनि बढावा दिएको उहाँको कथन रहेको छ ।

ग्रीन क्लाईमेट फण्डका परामर्शदाता समेत रहनुभएका महासचिव जगननाथनले विश्वमा जलवायु परिर्वतनले अनेक समस्यासंंग ल्याएको चर्चा गदै त्यसको सामना लागि पनि सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

यसैबीच ललितपुर महानरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृति संरक्षणका लागि मानिसहरु अहिले संवेदनशील बन्दै गएको उल्लेख गर्दै महानगरपालिकाले सम्पदालाई अतिक्रमण हुनबाट बचाउन विधुतीय सवारी किन्न लागिएको बताउनुभयो । सम्पदा जोगाउने उद्देश्यले नै पाटन दरबार क्षेत्रबाट गाबहाल जाने रोडमा ‘वान वे’ गरेको मेयर महर्जनले जानकारी दिनुभयो ।

बाटो फराकिलो पार्ने,ठूलठूला भवन बनाउने कार्यलाई मात्र विकासको रुपमा शासकवर्गल बुझ्दै आएको चर्चा गर्दै मेयर महर्जनले मानिस बस्न लायक शहर बनाउन पार्क निर्माण, ध्वनी प्रदूषण हटाउन ट्राफिक व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।सिटी नेटको बैठकले नेपाल भ्रमण वर्षलाई पनि टेवा पु¥याउने मेयर महर्जनको विश्वास रहेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन भई शुरु गरिएको बैठक शुक्रबारसम्म चल्ने छ । यसअघि सहभागीहरुलाई पाटनको भित्री शहर घुमाइएको थियो भने आज बुंगमती क्षेत्रका अवलोकन गराइएको छ । बैठकमा विभिन्न देशका नगरपालिका र संस्थाका गरी करिब ९० जना सहभागिता रहेको छ ।