चारधाम जानुपुर्व उत्तरगया जानैपर्ने मान्यता


सरस्वति न्यौपाने, रसुवा ।
रसुवा र नुवाकोटको सीमक्षेत्र त्रिशुली सलाखु र फलाखु खोलाको त्रिवेणी स्थल बेत्रावति चारधाम जानुपुर्व उत्तरगया जनैपर्ने मान्यता रहेको छ ।

चार गया मध्ये एउटा गयाको रुपमा उत्तरगया लाई मानिन्छ र चारधाम दर्शनगर्नु भन्दा पहिले उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने धर्म ग्रन्थमा उल्लेख छ ।

देवता दानव ले समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको काल कुट विष घाँटिमा लिएका महादेवले बेतको लौरो ले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशुली नदिको संगममा पौष कृष्ण औषिका दिन सबै देवता र मृतात्मा हरुको जमघेट हुने विश्वास का साथ श्राद्ध गरिदै आएको छ ।

स्कन्द पुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदि र देवी गंगा नदि बगेकोले पनि उक्त ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ ।

महादेवले कालकुट विष पिएर त्यसको डाहा मार्न यही ठाउँमा बेदको लौरो ले खास्रि बेत्रगंगा (तप्त नदि) उत्पन्न गराएको जन विश्वास छ ।सोही नदिको पानीले शीतल तापाइ उतरापन्थ गोसाइकुण्ड गएको धार्मिक किम्बदन्ती रहेको छ ।उत्तरगया क्षेत्रमा पौषे औँसी,एकादशी,तिज,रामनवमी,बाला चर्तुदर्शी विभिन्न समयमा मेला लाग्ने गर्छ ।वेत्रावती लाई श्राद्धका लागी पवित्र मानिएको गायाको रुपमा पिण्डदान गर्ने स्थलका रुपमा लिइन्छ ।चार गयामध्ये तीनवटा गया भारतमा पर्दछ ।

यही सीमानामा नेपाल भोट बीच सन्धि सम्झौता भएको ऐतिहासिक स्थल पनि हो ।एकादशी पर्वमा बति बाल्ने तोरण टाङने र लगाएत भव्य मेला लाग्ने गर्दछ देश का विभिन्न ठाउँहरुबाट मेला भर्न यस ठाउँमा आउने गर्दछन् यस दिनमा तुलसिको विवाह गराइ दिने चलन छ एक पटक विउ छर्ने र उर्मे पछि सार्ने र हरिबोधनी एकादशीको दिन विवाह गराइदिइन्छ ।

यस दिन विष्णु भगवानको पनि पुजा अर्चना गरिन्छ एकादशीको दिन पितृहरुको नाममा बति समेत बालिन्छ ।