पुरानो रिसीइबीका कारण खुकुरी प्रहार, एक पक्राउ


सर्लाही । कबिलासी नगरपालिका.८ बस्ने २७ वर्षीय जय कुमार साहलाई शनिबार साँझ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ सलेमपुर बस्ने २१ वर्षीय दिपेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

दिपेश र सोही ठाउँ बस्ने २० वर्षीय पप्पु भन्ने राकेश यादब र २३ वर्षीय रितेस यादबको पुरानो रिसीइबीको बिषयलाई लिएर जय कुमारसँग झगडा हुँदा खुकुरी प्रहार गरेपछि जय कुमार घाइते भएका थिए । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले दिपेशलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जय कुमारलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवातर्फ पठाइएको छ । घटनामा संलग्न हाल फरार राकेश र रितेसको प्रहरीले खोजी गरिरहेको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।