११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक पक्राउ


भक्तपुर । एघार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका. ६ घलाते बस्ने काभ्रे रोशी घर भएका ३२ वर्षीय बुद्ध लामा रहेको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ लामालाई शनिबार राति महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।