दुई लाख ६७ हजार नगदसहित पाँच जुवाडे फक्राउ


कास्की । पोखरा महानगरपालिका .२ अर्चलबोट बस्ने ३४ वर्षीय अर्जुन गुरुङको घरमा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले पाँच जनलाई पक्राउ गरेको छ ।

सोही महानगरपालिका.११ फुलबारी बस्ने ४० वर्षीय रोशन गुरुङ लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ३ बुक तास नगद २ लाख ६७ हजार ४० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।