जनगायकका छोराको उपचारमा युवा नेता आर्चायको सहयोग


न्युज अफ नेपाल, काठमाडौँ ।

जनगायक जीवन शर्माका छोरा अमृतको उपचारको सहयोगका लागि नेकपाका युवा नेता जीवन आचार्यसहितको टोलीले देउसी भैलोबाट उठेको ३० हजार रुपैँया सहयोग गरेको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु शैयामा रहेका अमृतको उपचारकालागि सहयोग गरिएको आर्चायले बताउनुभयो ।
घाँटीको जटिल समस्याको उपचार गराइरहेका अमृतलाई खर्चको अभाव भएको समाचार प्रकाशित भएपछि युवा नेता आर्चाय सहितको टोलीले उक्त रकम संकलन गरेर प्रदान गर्न लागेको बताउनुभयो ।

विभिन्न स्थानमा खेलिएको देउसी भैलोबाट जम्मा भएको रकम अमृतको उपचारका लागि रकम पठाइएको नेकपा सुनसरी सदस्य मदन चुडालले जानकारी दिनुभयो ।

तिहारका बेला आचार्यसहित चुडाल, जीवी गजललगायतका नेकपाका इटहरी तथा सुनसरीका युवा नेता कार्यकर्ताले देउसी भैलो खेल्दा उक्त रकम जम्मा भएको थियो ।