डिएसपी शाहीमाथि छानबिन गर्न एसएसपी केसीको स‌ंयोजकत्वमा समिति गठन


न्युज अफ नेपाल, काठमाडौँ ।

बाँकेका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि छानबिन हुने भएको छ। एसएसपी नरबहादुर केसीको स‌ंयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ । प्रहरी आचरण उल्लंघन गरेकोमा शाहीमाथि छानबिन हुने भएको छ ।

यस्तै, उनको टोलीले बरामद गरेको हतियारबारे पनि छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ । समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन समय दिइएको प्रहरीले जनाएको छ ।

बिहीबार नेपालगञ्ज २० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीको नेतृत्वमा खटेको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो । सो पक्राउमा फेला परेको परेको हतियार शाहीले आफैंसँग राखेको भन्ने आरोप लागेपछि प्रहरीले छानबिन समिति गठन गरेको हो ।