अबको १० वर्षभित्र जाजरकोट कृषि क्षेत्रमा आत्मनिर्भर

0
Shares

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ बजेडाको आलीमा सामान्य परिवारमा जन्मिनुभएका चित्रबहादुर रोकायाले गाउँकै भानु माध्यमिक विद्यालय, बजेडीचौर सुर्खेतबाट एसएलसी उत्तीर्ण गरेर कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, केन्द्रीय क्याम्पस रामपुर चितवनबाट कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको छ। अध्ययन सकेर २०५९ साल चैत ९ गते प्राविधिक सहायक पदबाट निजामती सेवामा प्रवेश गर्नुभएका रोकायले जुम्ला, दैलेख, बैतडी, सुर्खेत र जाजरकोट जिल्लाका कृषि विकास कार्यालय हुँदै कृषि ज्ञान केन्द्रलगायतका कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारी पूरा गर्नुभएको छ। विसं २०७१ जेठ ८ गतेदेखि वरिष्ठ कृषि अर्थ विज्ञको जिम्मेवारी पाउनुभएका रोकाय कृषि विकास कार्यालय जाजरकोटका प्रमुख हुनुहुन्छ। यसै सन्दर्भमा जाजरकोट जिल्ला कृषिक्षेत्रमा आत्मनिर्भर कहिलेसम्म होला ? यहाँको हावापानी कस्तो पाउनुभयो ? लगायतका विषयमा केन्द्रित रहेर वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायसँग जाजरकोटका नेपाल समाचारपत्र संवाददाता वासुदेव शर्माले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ ः

 

विकट गाउँमा जन्मिएर तपाईंले पढाइको सिलसिलामा घरपरिवारबाट कस्तो सहयोग पाउनुभयो ?

पढाइको सिलसिलामा घरपरिवारका सबैबाट मैले पूर्णरूपले सहयोग पाएको छु। कसैले पनि मेरो पढाइलाई अवरोध गर्नुभएन। अझ भन्नुपर्दा सबैबाट मलाई हौसला मिलेको थियो।

जाजरकोट जिल्ला कृषि उत्पादनका लागि भौगोलिक विषमताले भरिपूर्ण जिल्ला हो। यहाँका आदरणीय कृषक दाजुभाइ तथा दिदी बहिनीहरूको सकारात्मक भावना र कृषिक्षेत्रको विकासका लागि केही गरूँ भन्ने सोचाइले गर्दा यस जिल्लाको कृषि विकासको सम्भावना मैले राम्रो देखिरहेको छु।

तपाईं निजामती सेवामा कसरी प्रवेश गर्नुभयो त ?

म लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण भई २०५९ साल चैत ९ गते प्राविधिक सहायक पदमा नियुक्त भएर निजामती सेवामा प्रवेश गरेको हुँ।

तपाईंले निजामती सेवामा प्रवेश गरेपछि कुन कुन जिल्लामा सेवा गर्ने मौका पाउनुभयो ?

मैले निजामती सेवामा प्रवेश गरेपछि जुम्ला, दैलेख, बैतडी, सुर्खेत र जाजरकोटका कृषि विकास कार्यालयहरूमा सेवा गर्ने मौका पाएको छु।

तपाईंले नेपाल कृषि सेवाको कुन कुन पदमा रही सेवा गर्नुभयो ? बताइदिनुहोस् न ?

म प्राविधिक सहायकमा नियुक्त भई निजामती सेवाको महत्वपूर्ण मानिने नेपाल कृषि सेवामा प्रवेश गरें। त्यसपछि २०६१ साल भाद्र ८ गते सोही सेवामा प्राविधिक अधिकृत हुने मौका पाएँ। त्यसपछि २०६३ माघ २ गते बाली संरक्षण अधिकृत हुँदै हाल वरिष्ठ कृषि अर्थ विज्ञ हुने अवसर प्राप्त गरेको छु।

विगत तीन वर्षअघि जिल्ला कृषि विकास कार्यालय जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारी पाएर आउनुभएको रहेछ ? जाजरकोटलाई कस्तो पाउनुभयो ?

विगत तीन वर्षअघि कार्यालय प्रमुखको जिम्मेवारी पाएर कृषि विकास कार्यालय जाजरकोट आएको हँु।  जाजरकोट जिल्ला कृषि उत्पादनका लागि भौगोलिक विषमताले भरिपूर्ण जिल्ला हो। यहाँका आदरणीय कृषक दाजुभाइ तथा दिदी बहिनीहरूको सकारात्मक भावना र कृषिक्षेत्रको विकासका लागि केही गरूँ भन्ने सोचाइले गर्दा यस जिल्लाको कृषि विकासको सम्भावना मैले राम्रो देखिरहेको छु।

जाजरकोटका सातवटै स्थानीय तहमा सेवा प्रवाह र कृषकहरूको समस्या पहिचानका लागि पुग्नुभएको छ कि छैन त ?

विगतदेखि हालसम्म साविकको गर्खाकोट गाउँ विकास समिति हालको जुनिचाँदे गाउँपालिका–५, ६ र ७ वडामा पुगेको छैन। अन्य सबै स्थानीय तहमा पुगिसकेको छु। त्यहाँको जमिनमा उत्पादन हुनसक्ने सबै बालीको अध्ययन गरेको छु।

जग्गाको खण्डीकरण, बजारीकरण, कृषक र कृषिको बीमा, सहुलियत ब्याजदर, राजनीतिक निष्पक्षताको कमी र दबाब, कृषकहरूको वर्ग विभाजन, एउटै कृषकको सबै कार्यालयहरूमा अनावश्यक पहुँच, खाद्य स्वच्छतालगायत सरसफाइको कमी मुख्य चुनौती हुन्।

यदि सबै स्थानीय तहमा पुगेको भए कुन क्षेत्रमा कुन कुन बालीहरूको सम्भावना देख्नुभयो त यहाँले ?

यहाँको जिज्ञाशा राम्रो छ। जुनिचाँदे गाउँपालिकामा किवीखेती, ओखर, सिमी, टिमुर, भेडाबाख्रा पालनलगायत बहुमूल्य जडिबुटी खेतीको धेरै राम्रो सम्भावना छ। त्यसै गरी छेडागाड नगरपालिकामा भटमास, मकै, कोदो, आलु, गहुँ, टिमुरलगायत सुन्तला जातका बाली, शिवालय गाउँपालिकामा टिमुर, मकै, कोदो, आँप, माछापालन, भेरी नगरपालिकामा टिमुर, मकै, कोदो, आलु, गहुँ, धान, ओखर, मौरीपालन, त्यस्तै नलगाड नगरपालिकामा टिमुर, मकै, आलु, गहुँ, ओखर खेती तथा मौरीपालनको राम्रो सम्भावना छ।

यसै गरी कुशे गाउँपालिकामा सिमी, टिमुर, मकै, आलु, गहुँ, ओखर, मौरीपालन, स्याउ, नास्पाती, त्यस्तै बारेकोट गाउँपालिकामा बारेकोटी गाभा, मकै, आलु, गहुँ, ओखर, मौरीपालन, सुन्तला जातका फलफूल, सिमीलगायतका बालीहरूको सम्भावना रहेको छ। जाजरकोटको नलगाड, छेडागाड, भेरी नगरपालिका र शिवालय गाउँपालिकामा भैंसीपालनको सम्भावना पनि राम्रो रहेको पाएको छु।

 

जाजरकोट जिल्ला कृषिमा आत्मनिर्भर बन्नेमा तपाईंको विचार के छ ?

जाजरकोट जिल्लाका अधिकांश क्षेत्रमा सिँचाइको सुविधा नभएकाले यहाँको खेती प्रणाली आकाशे पानीको भरमा रहेको छ। सिँचाइ सुविधा, प्रा·ारिक खेती प्रवद्र्धन, उन्नत जातका बिउको सहज उपलब्धता, सहुलियत ऋण, कृषि बीमा, सञ्चारलगायत सडकको पहुँच, कृषकको सचेतना, कर्मचारीको क्षमता अभिवृद्धि, राजनीतिक चासो, सबैको सहकार्य जस्ता तत्वबीच समन्वय, सहकार्य तथा भएका स्थानीय स्रोतको प्रभावकारी समुचित परिचालन भएमा यो जिल्ला कृषि क्षेत्रमा आत्मनिर्भर हुने सम्भावना प्रबल छ। यसका लागि सरोकारवाला सबैले सामूहिक पहल चाल्नुुपर्छ। यसो भएको खण्डमा जाजरकोट कृषिमा आत्मनिर्भर बन्छ, बनाउनै पर्छ।

यहाँलाई जाजरकोटी जनताले कुशल प्रशासक भन्छन्। तपाईंले कृषकलाई पुर्याउनुभएको सहयोगका बारेमा बताइदिनु हुन्छ कि ?

मैले वास्तवमा जाजरकोटी जनतामा सकारात्मक सोच भएको पाएको छु। उहाँहरू सहयोगी र सकारात्मक सोचका धनी हुनुहुन्छ। किसानसँग सहज पहुँच र दिइने सेवासुविधामा पारदर्शिता अपनाएको कारणले कृषकहरूको मनमा त्यस्तो छाप परेको हुन सक्छ। कृषि विकासका साधारण कार्यक्रमहरू, पूर्वाधार निर्माणका कार्यलगायत वर्तमान परिवेशसँग सम्बन्धित क्रियाकलाप नै मैले पुर्याएका सेवा सुविधाहरू हुन्।

पछिल्लो समय कर्णाली प्रदेश सरकारले जाजरकोटको कुशे गाउँपालिकालाई अर्गानिक कृषि मोडेल बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरेको थियो। उक्त लक्ष्यमा कति सफल भएको पाउनुभयो ?

कुशे गाउँपालिकालाई गत वर्षदेखि अर्गानिक कृषि मोडेलको गाउँ बनाउने लक्ष्यका साथ अगाडि बढाइएको हो। उक्त गाउँपालिकामा हाल ५ सय १ वटा भकारो सुधार भएको छ भने जैविक विषादीको पूर्वाधार खडा गरिएको छ।

कम्पोस्ट मल खाडल, भटमासको तेल पेल्नका लागि मेसिन, सचेतना तालिमलगायत कार्यक्रम सञ्चालन भएका थिए। पाल्ते धान, भटमास, सुन्तला जातका फलफूल, टिमुरलगायतका बालीहरू, खसीबोका, कुखुराहरू सम्भाव्य निर्यातयोग्य प्रा·ारिक बाली वस्तुहरू हुन्।

तपाईंले आफ्नो मातहतका कर्मचारीबाट कति सहायोग पाउनुभएको छ ?

मैले कर्मचारीबाट राम्रो सहयोग पाएको छु। उहाँहरू निरन्तर समन्वयमा रही कार्यालयको लक्ष्य र उद्देश्य प्राप्तिमा लाग्नुभएको छ। कार्यालयको नीति, नियमअनुसार र मैले भनेअनुसारको काम कार्यालयका अन्य कर्मचारी साथीहरूले सम्पादन गर्नुभएको छ।

तपाईंले जाजरकोटमा हालसम्म सम्पादन गर्नुभएका महत्वपूर्ण कामहरू बताइदिनुहोस् न ?

मैले सारांशमा भन्नुपर्दा प्रशस्त कार्यहरू गरेको त छैन तर पनि मैले सम्पादन गरेका वा मेरो नेतृत्वमा सम्पादन गरिएका केही मननयोग्य कार्यहरूमा जस्तै, कृषक प्रतीक्षालय निर्माण, कृषि पकेट क्षेत्रहरू निर्धारण, मह प्रशोधन केन्द्र निर्माण, खलंगा बजार पूर्वाधार निर्माणमा सहयोग, बिउ बैंकको स्थापना, पक्की सिँचाइ पूर्वाधार निर्माण हुन्। त्य

सै गरी, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकामा कृषि सेवा केन्द्रका लागि जग्गा उपलब्ध गराउने कार्य र जगतिपुरमा कृषि नमुना गाउँ स्थापना गरी सञ्चालन गराएको छु। त्यस्तै, जुनीचाँदे–७ मा किबी गाउँ निर्माण र प्रा·ारिक नमुना गाउँ स्थापनाका लागि पहल गरेको छु।

मैले फेरि सोधें, जाजरकोट जिल्ला कृषि क्षेत्रमा आत्मनिर्भर कहिले होला ? यहाँको विचारमा के लाग्छ ?

जाजरकोट जिल्लाका केही गाउँपालिकाहरू कृषिका क्षेत्रमा आत्मनिर्भर भइसकेका छन्। सरोकारवाला निकायलगायत स्थानीय सरकारको पहलकदमी भयो भने जाजरकोटका सातवटै पालिकासहित यो जिल्ला आत्मनिर्भर हुनलाई बढीमा सात वर्षदेखि १० वर्षसम्म लाग्नसक्ने आकलन गरेको छु।

 

जाजरकोट जिल्लाको कृषि विकासमा देखिएका चुनौतीहरू केकस्ता छन् ? जानकारी गराइदिनुहुन्छ कि ?

जाजरकोटका कृषि विकासको क्षेत्रमा केही चुनौती र समस्या नभएका होइनन्। हालसम्म देखिएका चुनौतीहरूमा जलवायु परिवर्तनले पारेको असर, आकाशे भरमा गरिने कृषि खेती प्रणाली, कृषक सचेतनामा कमीलगायत यस क्षेत्रको भौगोलिक विकटता, सडक तथा सञ्चार क्षेत्रको पहुँच सबै ठाउँमा नपुगेको हुनु हो।

त्यसै गरी जग्गाको खण्डीकरण, बजारीकरण, कृषक र कृषिको बीमा, सहुलियत ब्याजदर, राजनीतिक निष्पक्षताको कमी र दबाब, कृषकहरूको वर्ग विभाजन, एउटै कृषकको सबै कार्यालयहरूमा अनावश्यक पहुँच, खाद्य स्वच्छतालगायत सरसफाइको कमी मुख्य चुनौती हुन्। यी चुनौती नहटेसम्म कृषिको विकास हुन सक्दैन।