स्वास्थ्य संस्थामै सुत्केरीको ज्यान गयो


दयाराम पण्डित, बाजुरा ।

त्रिवेणी नगरपालिकाको वडा नं .१ छतारा स्थित स्वास्थ्य चौकीमा उपचारकै क्रममा सनिबार विहान एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी भएको केही घण्टा पछि छतारा स्वास्थ्य चौकी मै २७ वर्षकी रेजीया नेपालीको मृत्यु भएको अनमी सुमित्रा पाध्यायले बताउनुभयो ।
त्रिवेणी नगरपालिका १ छतारा बिशाल बजार बस्ने रेजीया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य संस्था पुगेकी थिईन् । सन्तान पाएको ६ घण्टापछि बेहोस भएर मृत्यु भएको अनमी पाध्यायको बताउनुभयो । घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी हुन् । अवस्था सामान्य नै थियो । ब्याडमा लिन नपाउँदै बच्चा जन्माएकी थिइन् । तर ज्यान वचाउन सकिएन ।

विहान साढे चार बजेसम्म अवस्था राम्रै थियो, पांच बजेपछि एकाएक बेहोस भएर ज्यान गएको सुत्केरी गराउनमा संलग्न रहेकी अनमी पाध्यायले बताउनुभयो । विहान एक गिलास दुध र विस्कुट खाईन्, बच्चालाई दुध खुवाईन्, त्यसको आधा घण्टा पछि बेहोस भएर मृत्यु भएको पाध्यायले बताउनुभयो ।

शरिरमा रगतको मात्रा निकै कम थियो, बीचमा दुर्घटनामा पनि परेकी थिइन्, कमजोरीकै कारण बेहोस भएको हुन सक्ने स्वास्थ्य कर्मीको भनाई छ । नेपाली गर्भावस्थामै जीप दुर्घटनामा परेर कमजोरी भएको आफन्तले बताउनुभएको छ । शरिरमा रगतको मात्रा कमी भएर नै कमजोरीले ज्यान गएको हुन सक्ने त्रिवेणी स्वास्थ्य शाखा संयोजक चिरञ्जीवी शाहको भनाई छ ।

तर मृत्युको कारण यही हो भनेर भन्न सक्ने अवस्था नरहेको शाहले जानकार दिनुभयो । सामान्य अवस्थामा सुत्केरी भएकोले थप उपचार र विकल्प खोज्ने अवस्था नै थिएन्, परिवारका आफन्तहरुसँग राम्रो कुराकानी पनि भएको हो, उनका श्रीमान चंख नेपाली सहित आफन्तहरु पनि सँगै थिए, अनमी पाध्यायले भनिन् । मृतक नेपालीबाट जन्मेको बच्चा भने जीवित छ ।

डेढ महिना अगाडी बयालपाटा हस्पिटलमा चेकअप गराएकी थिइन् । मृतक नेपालीको गर्भमा बच्चा उल्टो भएको र बीचमा चेकअप गराउनु पर्ने तर स्वास्थय संसथामा गइनन् । एक्कासी सुत्केरी बेथा लागेर बयालपाटा लिन खोजेको बिरामले च्यापेपछि बीच वाटोवाटै फिर्ता गरेर तोली स्वास्थय चौकीमा भर्ना गरेको खवर प्राप्त भएको हो त्रिबेणी नगरापलिका वडानं एकका कार्यबाह वडा अध्यक्ष भवानी चदाराले जानकारी दिनुभएको छ ।

“सुत्केरी हुन नसकी प्रसव पिडामा रहेकी ति महिलालाई विहान ७ वजे स्वास्थय चौकी पुगाएको र सुत्केरी भएको चालिस मिनेटमा सुत्केीको मृत्यु भएको ” काभा अध्यक्ष चदाराले टेलिफोन सम्पर्कमा भन्नुभयो “ सुतकेरी घटनाबारे आफुलाई कुनै जानकारी आएको छैन । ” जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाकटर रोहित गिरीले भन्नु भयो ।

बाजुराबाट यस अघि ५ जना सुत्केरीको हेलिकप्टर बाटै उद्दार गरेर ज्यान बचाएको छ ।नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्य कर्मीको परामर्श नलिने गरेकै कारण जिल्लामा सुत्केरीले अकालमै ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्य संस्था नजिक नहुँदा पनि सुत्केरीलाई नियमित गर्भजाँच र सुत्केरी गराउन समस्या हुने गरेको बताइएको छ ।