महिला फुटबलरको छुरा प्रहार गरी हत्या


काठमाडौँ । जमैकाको राष्ट्रिय फुटबल टोलीकी एक महिला फुटबलरको छुरा प्रहार गरी हत्या भएको छ । मृत्यु हुनेमा २० वर्षीया तारानिया क्लार्क रहेकी छन् ।

मोबाइल फोनको विषयमा अर्की महिलासँग विवाद हुँदा क्लार्कको छुरा प्रहार गरि हत्या गरिएको छ । उक्त घटना किंगस्टनको राजधानीमा बिहीबार दिउँसो भएको हो । छुरा प्रहार गर्ने महिला भने पक्राउ परिसकेको स्रोतले जनाएको छ ।

क्लार्क रेगे गर्ल्जकी मिडफिल्डर थिइन् ।