भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड भ्रमणमा


नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।
भ्रमणका क्रममा उहाँले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ ९आसियान० र क्षेत्रीय बृहत आर्थिक साझेदारी ९आरसिइपी० को सम्मेलनमा सहभागीता जनाउनु हुने भएको छ ।

सम्मेलनमा सहभागी हुने बाहेक उहाँले आजै बैङ्ककमा आयोजना हुने सामुदायिक कार्यक्रम “सवस्दी पिएम मोदी” लाई पनि सम्वोधन गर्नुहुने छ ।
भारतको विदेश मामिला मन्त्रालयका अनुसार नोभेम्बर ३ तारिखका दिन उहाँले आसियानको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा भारत र आसियान अन्तर्गतका अन्य देशहरुको आपसी सम्वन्धका बारेमा छलफल हुने जनाइएको छ । त्यसपछि उहाँ थाईल्याण्डका प्रधानमन्त्रीद्धारा आयोजित विशेष भोजमा सहभागी हुनुहुने छ ।

आसियानका सदस्य देशका प्रमुखहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्य साझा चासोका विषयसँगै विश्वव्यापी दिगो विकासका बारेमा पनि छलफल गर्नुहुने विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । एएनआई