दाङ प्रदेशसभामा शिवकुमार चौधरीलाई उम्मेदवार बनाउने साझाको निर्णय


न्युज अफ नेपाल, काठमाडौँ ।

साझा पार्टीले दाङ क्षेत्र नं ३ (ख) बाट शिवकुमार चौधरीलाई प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ। विगत लामो समयदेखि चौधरी सामाजिक अभियन्ताको रूपमा सक्रिय हुदै आएका छन् ।

यसअघि साझा पार्टीले कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभा सदस्य र भक्तपुर क्षेत्र नम्बर १ ९क० को प्रदेशको उम्मेदवार घोषणा गरिसकेको छ ।

साझाले अब बाग्लुङ क्षेत्र नम्बर २ (ख) मा उम्मेदवार टुंगो लगाउन बाँकी छ ।