एका बिहानै गुल्मीमा एक महिला र दुई बालकको शव फेला


न्युज अफ नेपाल, गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । शनिबार बिहान फेला परेको शव मध्ये एकजना महिला र दुई बालकको रहेको प्रहरीले जनाएको छ ।

उक्त शव अन्दाजी २७ वर्षीय महिला र अन्दाजी ७ र ११ वर्षीय दुई बालहरुको भएको प्रहरीले अनुमान गरेको छ । घटनास्थल सरमुकामबाट साढे ५ घन्टाको सवारी दुरिमा रहेको छ । महिलाको शव भेटिएको २ सय मिटर पर एक बालिकाको र अर्को २ सय ३० मिटरको दुरिमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ ।