टिपर दुर्घटनामा चालकको निधन


न्युज अफ नेपाल, काभ्रे ।

विपी राजमार्गको भकुण्डेबेशी हुँदै धुलिखेल बालुवा बोकेर आउँदै गरेको टिपर दुर्घटना भएको छ ।

धुलिखेल नगरपालिका ११ पात्लेखेत स्थित विपी राजमार्गमा आफै अनियन्त्रित भई सकडबाट झण्डै १ सय मिछर तल खसेको उक्त टिपरका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी दिपक गिरीले जानकारी दिनु भयो । बा ४ ख ९४८५ नम्वरको बालुवा बोकेको टिपरका चालक सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्वर ११ घर भएका २४ बर्षिय गणेशकुमार कार्कीको निधन भएको बताईएको छ ।

दुर्घटनाबाट अन्य क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।