नेपाल जेसीजका २०२० का लागि अध्यक्ष पदमा उम्मेदवार घोषणा

बनेपाका विकास मानन्धर जिताउन कमिटी गठन


मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल जेसीजको ४६ आौ राष्ट्रिय महाधिबेशनबाट वर्ष २०२० का लागि हुने नेतृत्व चयनमा काभ्रे जिल्लाका २०१५ का अध्यक्ष एवं २०१७ का राष्ट्रिय उपाध्यक्ष, २०१८ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र २०१९ का राष्ट्रिय अध्यक्ष सल्लाहकारको भूमिका निभाएका जेसिआई विकास मानन्धरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

२०७६ पौष ९–१२ गतेसम्म नेपाल जेसीजको ४६ औ राष्ट्रिय महाधिबेशन रत्ननगर जेसीजको आतिथ्यतामा आयोजना गरिएको छ । ४२ वर्ष अघि जिल्लाको बनेपा नगरपालिकामा स्थापना भएको जेसीज काभ्रेले पटक पटक राष्ट्रिय अध्यक्षका लागि प्रयास गरेको थियो । सन् २०२० का लागि राष्ट्रिय अध्यक्ष पदका लागि बनेपामा जन्मिई बनेपामा प्रिन्टिङ र आईटी ब्यवसाय गर्दै आउनु भएका विकास मानन्धरलाई विजयी गराउन जिल्लाका विभिन्न संघ संस्थाहरुले अन्र्तक्रिया गरेका छन् ।

राष्ट्रिय तहमा निर्वाचित गरी अन्र्तराष्ट्रिय स्तरमा समेत जिल्लाको नाम राख्न सक्ने गरी प्रचार प्रसार गर्ने र अध्यक्ष पदका उम्मेदवार विकास मानन्धरलाई विजयी गराउन जिल्लाबासीहरुको साथ र सहयोग रहने प्रतिवद्धता समेत ब्यक्त भएको छ ।

काभ्रे जेसीजले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मानन्धरले जिल्ला र राष्ट्रका लागि योगदान पु¥याउने गरी काम गर्न शुभकामना पनि दिईएको थियो । सामाजिक अभियन्ता र उद्यमीका रुपमा चिनिएका मानन्धर २००९ मा काभ्रे जेसीजको सदस्य हुनु भएको थियो । मानन्धर सन् २०१५ मा शाखा अध्यक्ष, सन् २०१७ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०१८ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र सन् २०१९ मा राष्ट्रिय अध्यक्ष सल्लाहकारको भूमिकामा कृयाशिल हुनुुहुन्थ्यो ।

नेपाल जेसीजमा देशभर १ सय ५० वटा शाखाहरुलाई क्षेत्र क, ख, ग र घ गरी चारवटा क्षेत्रमा बिभाजन गरिएको छ । पुर्वमा सर्लाहीदेखि झापासम्मका शाखाहरु क्षेत्र क मा पर्छन भने मकवानपुर, पर्सा, चितवन, कास्की हुँदै म्याग्दीसम्मका जिल्ला शाखाहरु क्षेत्र ख मा पर्छन । काठमाडौ सहित आसपासका उपत्यकाका जिल्लाहरु, रामेछाप, काभ्रे र सिन्धुपाल्चोक जिल्ला क्षेत्र ग मा पर्छन । पश्चिममा नवलपरासी देखि कैलालीसम्मका जिल्ला शाखाहरु क्षेत्र घ मा पर्छन ।

विकास मानन्धरलाई अध्यक्ष पदमा उम्मेदवारी दिई विजयी गराउन आवश्यक पर्ने नैतिक, आर्थिक र भौतिक सहयोग उपलब्ध गराउन जिल्लाका सबै संघ संस्थाका प्रतिनिधिहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् । काभ्रे जेसीजका अध्यक्ष विजेश मुल्मीले मानन्धरलाई विजयी बनाउन सर्वपक्षिय अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको बताउनु भयो । प्रमोशन कमिटीका संयोजक राजेशकुमार श्रेष्ठ, आर्थिक कमिटी संयोजक उमेश मानन्धर रहनु भएको छ ।

अन्य कमिटीहरु पनि गठन भएका छन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका कार्यकारिणी सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, जेसीजका पुर्व अध्यक्षहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।