नेकपाको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन, आइतबार पुनः बस्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आउँदो उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा बसेको बैठकले उम्मेदबार छनोट गर्न सकेन ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरियो।’ श्रेष्ठले समय अभावका कारण उम्मेदवारको चयन हुन नसकेको जनाउदै भोलि पुनस् बैठक बसेर उम्मेदवार छनोट गर्ने बताएका छन् ।

यस्तै, पार्टीले न्युनतम ३ जनाको नाम पठाउन भनेता पनि कतैबाट दुई, तीन र सो भन्दा बढि नाम आएको श्रेष्ठले जनाएका छन् ।

आइतबार बस्ने भनिएको सचिवालय बैठक कति बजे बस्ने भन्ने समय भने तय भइसकेको छैन।