चौधरी फाउण्डेसनको पहलमा कुपोषणविरूद्ध राष्ट्रिय अभियानको शुभारम्भ


न्युज अफ नेपाल, काठमाडौँ ।

चौधरी फाउन्डेसनको विशेष पहलमा राष्ट्रिय पोषण अभियानको शुभारम्भ भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीले यस अभियानको उद्घाटन गर्नुभएको छ । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधानले हरेक बालबालिकालाई स्वास्थ्य, शिक्षा र पोषणको अधिकार दिएको बताउदै उनीहरुको सर्वाङ्गीण विकासका लागि सुपोषित हुनु आवश्यक रहेको बताउनुभयो । यस्तै, भण्डारीले कुपोषणविरुद्ध सरकारको लक्ष्य हासिल गर्नका लागि प्रदेश सरकार र स्थानीय तहलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

यो अभियान चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा कार्यान्वयनमा आएको हो ।बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनसँग चौधरी ग्रुपले सहकार्य गर्ने गरी यस कार्यक्रम सञ्चालनका लागि अध्यक्ष चौधरीले विशेष पहल गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले भने, ‘हाम्रा बालबालिका कुपोषणको शिकार भइरहेका छन्। उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत अभियानको खाँचो छ। यही उद्देश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसनसँग सहकार्य अगाडि बढाएको हो।’

यो कार्यक्रम पहिलो पटक निजी क्षेत्रसँगको सहकार्यमा कुपोषणको दिगो अन्त्य र गरिवी निवारणमा योगदान पु¥याउने उद्देश्यका साथ स्थापना भएको चौधरीले जनाउनु भएको छ । अध्यक्ष चौधरीलेयस अभियान अन्र्तगत निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरि कुपोषणविरूद्ध उपलब्धि हासिल गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । पहिलो चरणमा प्रदेश नम्बर ५ बाट कार्यान्वयन हुने र सबै प्रदेशमा क्रमशः लागू गर्दै जाने अभियानले जनाएको छ ।

चौधरीले भने, ‘यस अभियानमार्फत सीजीका उत्पादनहरूको प्रवर्धन गर्न लागिएको भन्ने एकाध टिप्पणीप्रति प्रतिक्रिया जनाउन हामीले आवस्यक ठानेका छैनौँ। हाम्रो विश्वव्यापी ब्राण्ड वाईवाई नेपालसहित एसिया, मध्यपूर्व, यूरोप, अमेरिका र अफ्रिकासम्म पनि विश्वब्यापी गुणस्तरमा प्रतिस्पर्धा गर्दै ति बजारहरूमा विस्तार भइरहेको छ। यस बारेमा सामान्य जानकारी राख्नेहरूले यस्तो टिप्पणी गर्दैनन् भन्ने हामीलाई राम्रोसँग थाहा छ। बलियो नेपाल हाम्रा बालबालिकामा समर्पित छ। यस अभियानमा सहकार्य गर्न म सरकार र नेपालको निजी क्षेत्रलाई आव्हान गर्दछु।’