एक लाख ७९ हजार नगदसहित पाँच जुवाडे पक्राउ


चितवन । इलाका प्रहरी कार्यालय माडीले रु एक लाख ७९ हजार ६५० सहित पाँच जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति माडी नगरपालिका वडा नं ६ मा जुवा खेलिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने उहाँले बताउनुभयो ।