डोटी बस दुर्घटनामा मृतक र घाइते सबैको सनाखत


न्युज अफ नेपाल, डोटी ।

डोटीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३४ जना घाइते भएका छन् । घाइतेहरुको डोटीकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको महाकाली यातायातको ना ७ ख ६१ ८१ नम्बरको बस शिखर नगरपालिका २ गेरुपानीमा शनिबार बिहान दुर्घटना हुँदा बाजुरा बारबिस–६ का नयाँ सेरेलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बाजुराको बाह्रबिसका ५१ वर्षीय नयाँ सेरेलाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते ३३ जनाको पनि परिचय खुलेको छ। घाइते हुनेमा महोत्तरीको बर्दिबासका २८ वर्षीय महेश कोइराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटीको सलेनाका ३० वर्षीय रेश्मा लुहार, डोटी बोगटानका २८ वर्षीय दुर्गासिंह विडारी, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा, डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक, सलेनाकै २२ वर्षीया कल्पना विक, बोगटानकी बाटु नेपाली, डोटीकै ३७ वर्षीया मैना तिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्र बोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जन चौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजन बोहोरा, २३ वर्षीया पार्वती चौधरी, घाईते रहेका छन्।

यस्तै अछामका ३६ वर्षीय भीम बुढा, अछामकै ३१ वर्षीय यज्ञ स्वार, आकाश कुँवर, २७ वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवी थापा, बाजुराकै २४ वर्षीया २४ वर्षीया धानादेवी विक, २६ वर्षीया कल्पना कुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई पनि दुर्घटना परी घाईते भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा परी घाइते भएका २८ वर्षीय लाल टमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्री खड्का, २८ वर्षीय लालबहादुर साउदको ठेगना खुल्न नसकेको डोटीका ट्राफिक प्रहरी इन्चार्ज धामीले दिनेश खबरलाई बताए। घाइतेहरूको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्वरको बस आज बिहान डोटीको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिक गौरीपानीमा दुर्घटना भएको थियो।

दुर्घटनापछि बस चालक लोकेन्द्र बडेलाक फरार रहेका छन्। बस सडकबाट ३० मिटर तल खसेको छ।