डोटीमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३४ घाइते


न्युज अफ नेपाल, डोटी ।

डोटीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३४ जना घाइते भएका छन् । घाइतेहरुको डोटीकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको महाकाली यातायातको ना ७ ख ६१ ८१ नम्बरको बस शिखर नगरपालिका २ गेरुपानीमा शनिबार बिहान दुर्घटना हुँदा बाजुरा बारबिस–६ का नयाँ सेरेलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।