जनताका आबस्यकता बुझने पार्टीको मात्र भविस्य उज्जवलः डा. शेखर कोइराला


यमलाल भुसाल, बुटवल ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जनताका आबस्यकताका आधारमा आफ्ना एजेण्डा लिएर चुनावमा जाने पार्टीको मात्र भविस्य उज्जवल रहेको बताउनु भयो ।

आगामी तिन बर्षमा आम निर्वाचन हुने बताउदै उहाँले उक्त चुनाबमा पार्टीले स्पष्ट एजेण्डा लिएर जनतासँग जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘सरकारको गलत क्रियाकलापका कारण हामिले चुनाब त जितौला तर कांग्रेसले जनताका आबस्यकताका आधारमा आफ्ना एजेण्डा लिएर जनतामा जानुपर्छ ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन प्रदेश पाँचद्वारा शुक्रबार बुटवलमा आयोजना गरिएको ‘संबिधान प्राप्तीको यात्रामा नेपाली कांग्रेस’ बिषयक बिचार गोष्ठिमा बोल्द उहाँलेपार्टी अव तदर्थवादबाट चल्न नसक्ने बताउनु भएको छ । पार्टीका भातृ संगठनहरु तदर्थ समिति गठन गर्न लागिएको तर्फ संकेत गर्दै उहाँले पार्टीलाई उर्जा दिनकालागि पनि तदर्थवादको अन्त्य गर्नुपर्ने भनाई राख्नुभएको हो ।

कांग्रेस नेता कोइरालाले पार्टीबाट कोही नेता कार्यकर्तालाई अन्याय भएको छ भने अब त्यसो हुन नदिने दृढता समेत व्यक्त गर्नुभयो ।

मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको भन्दै नेता कोइरालाले गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो बर्तमान सरकारबाटै रहेको दाबी गर्नुभयो ।

वाइड वडी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारी निर्दोष रहेको भनि अभिव्यक्ति दिएको स्मरण गर्दै भन्नुभयो–‘रबिन्द्र अधिकारी निर्दोष हुन् भने दोषि को हो ? प्रधानमन्त्रीले भन्नु प¥यो नि ।’ न्यायालय, अख्तियार र मानब अधिकार आयोगमा समेत सरकारको छाया परेको भन्दै उहाँले सुशिला कार्कीमाथिको महाभियोगमा कांग्रेस पनि चुकेको स्वीकार गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कंडेलले सन् १९५० को सन्धीको प्राबधानमा टेकेर आफ्नो लगानीमा भारतमा विद्यालय सञ्चालन गरेको भन्दै विद्यालयको अध्यक्ष भएकै भरमा आफुलाई भारतीय नागरिक भएको भनि झुठो प्रचार गरिएको बताउनु भयो । उहाँले आफुमाथि लगाइएको अभियोग प्रमाणित गरेर देखाउन चुनौती समेत दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सबैले आ–आफ्नो जिम्मेवारी पुरा गरे आगामि निर्वाचनमा पार्टीले चुनाब जित्ने बताउदै एक अर्कालाई दोष दिएर संगठन बलियो नहुने बिचार व्यक्त गर्नुभयो ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन प्रदेश अध्यक्ष गोकर्ण सिं थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम एशोसियशनका प्रदेश कोषाध्यक्ष राजन नेपालको स्वागत मन्तब्य र सचिब माधबप्रसाद घिमिरेको सञ्चालनमा भएको थियो । त्यसै अबसरमा नेपाल ओलम्पिक कमिटीमा निर्वाचित दिर्घबहादुर केसीलाई सम्मान गरिएको थियो ।